वालिङमा सञ्चालित धार्मिक अनुष्ठान समापन समारोहको प्रमुख आमन्त्रित पूर्व मन्त्री अर्याल
वैशाख २२, वालिङ ।
स्याङ्जाको वालिङमा सञ्चालित धार्मिक अनुष्ठानको भोलि मङ्गलबार हुने समापन समारोहको प्रमुख आमन्त्रितकारुपमा नेपाल सरकारका पूर्व मन्त्री पद्मा अर्याल आउनुहुने भएको छ ।
धार्मिक अनुष्ठानको भोलि हुने समापन समारोहको प्रमुख आमन्त्रितकारुपमा नेपाल सरकारका पूर्व मन्त्री पद्मा अर्याल आउनुहुने महायज्ञ मूल आयोजक समितिले जनाएको छ । श्रीमद्भागवत् सप्ताह तण्डुलाचल श्रृङ्गारिक महायज्ञ धार्मिक अनुष्ठान—२०८२ यही वैशाख १७ गतेदेखि वालिङ खेलमैदानमा सञ्चालन गरिएको हो ।
जिल्लाकै मध्येभागमा रहेको वालिङ ८ स्थित केदारनाथमा धर्मशालासहितको शिवधाम निर्माण, कोही भोकै रहन नपरोस भनेर अन्नक्षेत्रको विकास, आध्यात्मिक तत्वले मानव मानवबीचको सम्बन्ध गहन बनाई सकारात्मक सन्देश दिने लक्ष्यले धार्मिक अनुष्ठान आयोजना गरिएको हो ।
केदारनाथ मन्दिर महायज्ञ मूल समारोह समितिको आयोजना र वालिङ नगरपालिकाको सहआयोजनामा अनुष्ठान सञ्चालन भएको हो । अनुष्ठानमा भागवतालङ्कार व्यास नेत्रप्रसाद पराजुलीले संगीतमय शैलीमा कथावाचन गरिहनुभएको छ । यसकासाथै राष्ट्रियस्तरका भजनगायकहरुको भजन किर्तनले सङ्गीतमय आध्यात्मिक आनन्द प्रदान गर्दै आएको छ ।
धार्मिक अनुष्ठानमा धेरैजना परोपकारी तथा आध्यात्मिक मनहरुले श्रद्धाभक्तिकासाथ सहभागिता जनाउदै आउनु भएको भागवतालङ्कार व्यास नेत्रप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
आज र भोलिगरी मात्र २ दिन बाँकि रहेकाले आध्यात्मिक एवम् परोपकारी मनहरुले सहभागिता जनाई कथा श्रवणगरी पूण्यलाभ लिनुहुन महायज्ञ मूल आयोजकको आग्रह छ ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment