pokhara news

वालिङमा सञ्चालित भलिबल प्रतियोगिताको उपाधी गल्याङले जित्यो

चेत ३, वालिङ ।
स्याङ्जाको वालिङमा सञ्चालित पालिकास्तरीय भलिबल प्रतियोगिताको उपाधी गल्याङ नगरपालिकाको टीमले जितेको छ ।
चेम्वर अफ कमर्श वालिङद्वारा आयोजित प्रथम पिङ्कसिटी महोत्सवमा सञ्चालन गरिएको पालिका स्तरीय भलिबल प्रतियोगिताको फाइनल खेलमा बिरुवामाथि जीत हाँसिल गर्दै गल्याङले उपाधी उचालेको हो । योसँगै गल्याङले  १ लाख ५५ हजार नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
दुबै टीम अत्यन्त प्रतिष्पर्धात्मकरुपमा खेलेका थिए । गल्याङले २५—२० र २५—२१ मा पहिलो र दोस्रो दुब सेटमा जीत निकाल्दै बिरुवालाई स्तव्ध पारेको थियो । यसपछि तेस्रो र चौथो सेटमा गल्याङ बिरुद्ध २५—२१ र २५—१७ जीत निकालेर बिरुवाले बदला लिएको थियो । तर पाँचौं सेटमा बिरुवामाथि १५—९ को जीत निकाल्दै गल्याङले उपाधी चुमेको हो । 
उपाधीका लागि कडा प्रतिष्पर्धामा उत्रेको बिरुवाले दोस्रो स्थानमा चित्त बुझाएको छ । योसँगै बिरुवाको टीमले १ लाख ५ हजार नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
आजै भएको पहिलो खेलमा वालिङलाई पछि पार्दै भीरकोटले तेस्रो स्थान हाँसिल गरेको छ । भीरकोटले २५—१५ र २५—२२ मा दुई सेट निकाल्दा वालिङले तेस्रो सेटमा २५—१८ मा जीत निकालेको थियो भने चौथो सेटमा भीरकोटले २५—२२ को जीत निकालेर वालिङलाई स्तव्ध पारेको थियो ।
योसँगै भीरकोट नगरपालिकाको टीमले तेस्रो स्थान प्राप्त गरेको छ भने वालिङ नगरपालिकाको टीमले सान्त्वना स्थानमा चित्त बुझाएको छ । यी दुबै टीमले क्रमशः ५५ हजार र २५ हजार नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । २ हजार सीट क्षेमता रहेको भलिबल परिसरको प्यारापिट दर्शकहरुले खचाखच थियो
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर