pokhara news

वालिङमा सञ्चालित महोत्सवमा शनिबार भलिबल प्रतियोगिताको सेमिफाइनलका खेल हुने

चेत १, वालिङ ।
स्याङ्जाको वालिङमा रहेको खेलमैदान यही फागुन २१ देखि प्रथम पिङ्कसिटी महोत्सव—२०८१ चलिरहेको छ । महोत्सवको थप आकर्षणकोरुपमा भलिबल प्रतियोगिता सञ्चालन गरिएको छ । फागुन २६ देखि भलिबल प्रतियोगिताको भोलि शनिबार सेमिफाइनलका खेलहरु हुनेछन् । लिग सिस्टममा खेलाईएको पालिकास्तरीय भलिबल प्रतियोगितामा भोलि शनिबार सेमिफाइनलका खेलहरु हुने भएका हुन् । ६ वटा पालिकाले भाग लिएकामा चापाकोट नगरपालिका र कालीगण्डकी गाउँपालिकाको समूह बाहिरिएका छन् भने वालिङ, गल्याङ, बिरुवा र भीकोट सेमिफाइनलमा पुगेका हुन् । आज भएको पहिलो खेलमा गल्याङले वालिङलाई र बिरुवाले भीरकोट माथि जीत निकालेका छन् । लिग सिस्टममा खेलाइएकाले अङ्कभारका आधारमा गल्याङसँग भीरकोट र वालिङसँग बिरुवाको टीमले शनिबार सेमिफाइनल खेलमा प्रतिस्पर्धा गर्नेछन् । राष्ट्रिय खेलाडीहरुसमेतको सहभागिता रहेको भलिबल प्रतियोगितामा दर्शकहरु निकै आकर्षित भएका छन् । प्रतियोथिता पसिरमा बनाइएको प्यारापिट दर्शकहरुले भरिभराउ हुने गरेको छ ।
विगतका वर्षदेखि नै वालिङमा सञ्चालन गरिने मेला महोत्सवमा दर्शकहरुको आगमन राम्रो हुने विशेषता छ । यस पटक चेम्वर अफ कमर्श वालिङले आयोजना गरेको पिङ्कसिटी महोत्सवमा पनि सुरुका दिनदेखि  नै दर्शकहरुको उल्लेख्य उपस्थिति हुदै आएको छ । आज दशौं दिन पनि दर्शकहरुले उत्साहकासाथ सहभागिता जनाए ।
विभिन्न प्रतियोगितात्मक कार्यक्रमको साथमा महोत्सवको स्टेज कार्यक्रममा राष्ट्रिय कलाकारहरुको दैनिक प्रस्तुतिले दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गर्दै आएको छ । खेम सेनचुरी, शङ्कर बिरही गुरुङ, पार्वत जिसीलगायतका राष्ट्रिय कलाकारहरुले दर्शकहरुलाई निकै रमाइलो गराएको थियो भने व्याक टु नाइन्टिजको कन्सर्टले युवा दर्शकहरुलाई भरपूर मनोरञ्जनसहित झुमाएको थियो । 
भलिबलको सेमिफाइनलका खेलसँगै भोलि शनिबारको स्टेजका आकर्षणमा राष्ट्रिय कलाकारहरुमा बद्रि पङ्गेनीकोसाथमा घनश्याम रिजाल, पछिल्लो समयकि चर्चित शान्तारानी परियार, आशा विसी, सुनिता नेपालीलगायतको प्रस्तुति रहने छ भने पप आधुनिकमा  सञ्जिवसिंको उपस्थिति रहने छ ।
भलिबल प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने टीमले क्रमशः १ लाख ५५ हजार, १ लाख ५ हजार, ५५ हजार र २५ हजार नगदसहित ट्रफि, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने छ । यसैगरी विधागतरुपमा पनि खेलाडीहरुलाई पुरस्कार प्रदान गनिने आयोजकले जनाएको छ ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर