वालिङमा समुदायस्तरमा विपद् व्यवस्थापन क्षमता अभिवृद्धि गर्न तालिम सुरु ।
वालिङ — सशस्त्र प्रहरी बल, नेपाल नं. ३० गुल्म, हे.क्वा. स्याङ्जाद्वारा वालिङ नगरपालिकासँगको समन्वय तथा सहकार्यमा “समुदाय विपद् स्वयंसेवक तालिम” सुरु गरिएको छ ।
उक्त तालिम २०८२ चैत्र ०८ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने छ । तालिमको मुख्य उद्देश्य समुदायस्तरमै विपद् व्यवस्थापनमा सक्षम जनशक्ति तयार पार्नु, आपतकालीन अवस्थामा उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउनु रहेको छ ।
तालिम उद्घाटन कार्यक्रममा वालिङ नगरपालिका उप–प्रमुख कविता गैरे ले स्थानीय तहमा विपद् जोखिम न्यूनीकरणका लागि यस्ता तालिम अत्यन्तै आवश्यक रहेको बताउनुभया । ंवालिङ नगरपालिकामा दुइ वटा रास्ट्रसेवक संस्था शसस्त्र प्रहरी बल र वडा प्रहरी कार्यालय रहेको छ जसले सामाजिक भुमिकामा अहोरात्र खटेर रामो्रसंग सम्पादन गरेको भन्दै उच्च मुल्याङ्कन गर्नुभयो । पहाडले घेरिएको क्षेत्र हुँदा विगतमा पनि विपद् बाट धनको क्षति भएको र वर्षेनी १ २ जना मानिसको ज्यान गहिरहेको अवस्थामा विपत आउनुभन्दा अगाडिनै आफ्नै गाँउपा विपत व्यवस्थापन गर्न सहज हुने उद्ययश्ले यो कार्यक्रम आयोजना गरेको मा शसस्त्र प्रहरी बल गुल्म ३० वालिङलाइ आभार व्यक्त गर्दै नगरपालिकाले तालिम लिन आउने प्रशिक्ष्यार्थीलाइ आवश्यक सहयोग गर्ने प्रचिबद्धता व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा बोल्दै शसस्त्र प्रहरी बल नं. ३० गुल्मका शसस्त्र प्रहरी नायव उपरीक्षक कुमार तिम्सिनाले विपद् व्यवस्थापन एकल संस्थाबाट सम्भव नभई बहुआयामिक समन्वय, सहकार्य र स्थानीय सहभागितामा आधारित हुनुपर्ने र संघ, प्रदेश, स्थानीय तह, सुरक्षा निकाय तथा समुदायबीच समन्वय गरी मात्र प्रभावकारी र दिगो विपद् व्यवस्थापन सम्भव हुने बताउनुभयो ।
उद्घाटन कार्यक्रममा बोल्दै वालिङ नगरपालिका वडा न ११ का वडा अध्यक्ष डण्डपानि पंगेनीले विपत हामा्रे बसमा छैन । यो हाम्रो साझा सम्स्या भएकोले यसलाइ न्युनिकरण गर्नको लागि सामुहिक पहल गर्नुपर्ने धारण राख्नुभयो ।
तालिममा सहभागी स्वयंसेवकहरूलाई बाढी, पहिरो, आगलागी लगायतका विपद्का समयमा आवश्यक पर्ने उद्धार, प्राथमिक उपचार तथा सुरक्षा सम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरिनेछ ।
सशस्त्र प्रहरी बलका प्रशिक्षकहरूको सहभागितामा सञ्चालन भइरहेको उक्त कार्यक्रमले समुदायमा सचेतना वृद्धि गर्नुका साथै विपद् सामना गर्ने क्षमता अभिवृद्धि गर्ने अपेक्षा लिइएको छ ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment