वालिङमा सरोकारवाला बीच अभिमुखिकरण र अन्तरक्रिया
असोज ४, स्याङ्जा ।
स्याङ्जाको वालिङमा सरोकारवाला बीच परियोजनाको अभिमुखिकरण र अन्तरक्रिया गरिएको छ । आपसी सहयोग केन्द्र नेपालले आज वालिङमा जनप्रतिनिधी, नगरपालिकाका कर्मचारी र सञ्चारकर्मीबीच परियोजनाको अभिमुखिकरण र अन्तरक्रिया गरेको हो । आँधिखोला गाउँपालिका ४ बाट आर्थिक वर्ष २०४९÷०५० देखि संस्थागत सेवा सुरु गरेर हाल पुतलीबजार १ नारायण स्थानमा मुख्य कार्यालय रहेको संस्थाले कृषिसँग सम्बन्धित गतिविधिहरुमा किसानहरुसँग देशका बिभिन्न जिल्लामा सहकार्य गर्दै आएको छ । यस अन्तर्गत वालिङ नगरपालिकामा पनि सहकार्य गर्ने उद्देश्यले आज सरोकारवाला बीच परियोजनाको अभिमुखिकरण र अन्तरक्रिया बैठक आयोजना गरेको हो ।
संस्थाले १५ महिने परियोजना अन्तर्गत वालिङ र गल्याङ नगरपालिका क्षेत्रमा गड्यौले मल उत्पादन सम्बन्धी सहकार्य गर्ने भएको छ । यसका लागि ५ करोड ६० लाखको बजेटमा वालिङ र गल्याङका किसानहरुसँग सहकार्य गरिने संस्थाले जनाएको छ ।
गड्यौले मल उत्पादनका लागि नगरपालिका भित्रका सहकारी मार्फत किसानहरु परियोजनामा सहभागी हुन सक्नेछन् । योसँगै गड्यौले मल उत्पादन र बजारीकरणमा किसानहरुसँग संस्थाले साझेदारी गर्ने छ । यसका लागि नगरपालिकाको समन्वयकारी भूमिका रहने छ ।
कार्यक्रममा वालिङ नगर प्रवक्ता एवम् कार्यबाहक नगर प्रमुख पदमराज गुरुङले किसानहरुको हकहितका लागि नगरपालिकाले पूर्ण साथ सहयोग गर्ने बताउनुभयो । उहाँले किसानहरुलाई उत्पादनसँगै आय आर्जनसँग जोड्न नगरपालिका प्रतिवद्ध रहेकोसमेत उल्लेख गर्नुभयो ।
कार्यक्रममा संस्थाको बारेमा संस्थाका अध्यक्ष रुकुमदत्त शर्माले जानकारी गराउनुभएको थियो भने संस्थाका कर्मचारी सुमन श्रेष्ठले परियोजनाका सन्दर्भमा सहजिकरण गर्नुभएको थियो ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment