वालिङमा साना किसान सहकारीले शेयर सदस्य भेटघाट कार्यक्रम ग¥यो
भदौ २, वालिङ ।
स्याङ्जाको वालिङमा साना किसान कृषि सहकारीले शेयर सदस्य भेटघाट कार्यक्रम गरेको छ । वालिङ ८ मा रहेको अकला नमूना साना किसान कृषि सहकारी संस्थाले महिलाहरुको पर्व तीजको अवसरमा शेयर सदस्य भेटघाट तथा दरखाने कार्यक्रम आज सोमबार गरेको हो ।
सदस्य भेटघाट तथा दरखाने कार्यक्रमको समुद्घाटन संस्थाका अध्यक्ष पूण्यप्रसाद अर्यालले गर्नुभएको हो । कार्यक्रमको समुद्घाटन गर्दै संस्थाका अध्यक्ष अर्यालले सहकारीको शक्ति भनेको शेयर सदस्य रहेको बताउनुभयो । शेयर सदस्यहरुको लगानी र निर्णय नै सर्वोपरी हुने भएकाले सहकारी संस्था सदस्यहरुको शक्ति भएको अध्यक्ष अर्यालको भनाई थियो । उहाँले भन्नुभयो,“संस्थाले आयोजना गरेका कार्यक्रममा आउने र संस्थागत हितका लागि आ—आफ्ना कुराहरु खुलस्तरुपमा राख्नेगर्नुपर्छ । आँफूलाई लागेका कुरा राख्ने र के गर्दा राम्रो हुन्छ भन्ने सुझाव दिने गर्नुपर्छ । सञ्चालक समितिले पनि सोही अनुसार काम गर्दैजाने गर्दछ ।” केही सहकारीहरुका आर्थिक अनियमिताका कारण समस्या देखिएको साँचो हो, तर सबै सहकारीहरु त्यस्तो नरहेको अध्यक्ष अर्यालले व्यक्त गर्नुभयो । अकला नमूना साना किसान कृषि सहकारी आफ्नो मूल्य र मान्यता अनुसार सञ्चालनमा रहेकाले कुनै समस्या नरहेको उहाँको भनाई थियो । संस्थामा अधिकांश शेयर सदस्य महिलाहरु रहेकाले नजिकिदै गरेको नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा उहाँहरुको सम्मान स्वरुप दरखाने कार्यक्रमलाई जोडिएको अध्यक्ष अर्यालले उल्लेख गर्नुभयो । सहकारीमा सदस्य संख्या झण्डै २५ सयजना पुगिसकेकाले अबका वार्षिक साधारसभा प्रतिनिधीमूलकरुपमा गरिनेसमेत अध्यक्ष अर्यालले जानकारी गराउनुभयो ।
कार्यक्रममा उपस्थित शेयर सदस्यहरुले सहकारी सम्बन्धी विषय समेटेर तीजका भाकामा गीति प्रस्तुतिहरु राखेका थिए । तीजका चर्चित गीतहरुमा गरिएका नृत्य र राष्ट्रिय कलाकार घनश्याम रिजालको प्रस्तुतिले कार्यक्रमलाई निकै रमाइलो गराएको थियो ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।


Leave A Comment