pokhara news

वालिङमा सोमबारबाट अन्तर विद्यालयस्तरीय फुटबल लिग सुरु

वालिङ, २९ पुस ।
स्याङ्जाको वालिङमा आज सोमबारबाट अन्तर विद्यालयस्तरीय जिल्लाब्यापी सेभेन ए साईड फुटबल लिग प्रतियोगिता सुरु भएको छ ।
वालिङ युनाईटेड फुटबल क्लबको आयोजनामा १४ वर्षभन्दा कम उमेरका खेलाडीहरुको सहभागिता हुने प्रतियोगिताको गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य गिरमान गुरुङले उद्घाटन गर्नुभएको हो ।
प्रतियोगिताको उद्घाटन गर्दै गुरुङले सानै उमेरदेखि नै बालबालिकाहरुलाई खेल क्षेत्रतर्फ आकर्षित गर्नकालागि यस खालका प्रतियोगिताले सहयोग पुग्ने बताउनुभयो । उहाँले बालबालिकाहरुभित्र रहेको प्रतिभा प्रष्फुटनसँगसँगै आगामी दिन थप प्रशिक्षण प्रदान गरी राम्रो खेलाडी उत्पादन गर्न सकिने भएकाले प्रतियोगिताहरुको निरन्तरतामा जोड दिनुभयो ।
उद्घाटन समारोहमा पूर्णामृत भवानी माध्यमिक विद्यालय वालिङका प्रधानाध्यापक विष्णुप्रसाद अर्याल, प्रायोजकहरुकातर्फबाट सेमला काफ्लेले स–साना बालबालिकाहरुमा लुकेर रहेका प्रतिभाहरुको प्रष्फुटनमा यो प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास ब्यक्त गरेका थिए ।
प्रतियोगितामा स्याङ्जा जिल्लाभित्रका सामुदायिक र संस्थागत गरी १४ विद्यालयहरुको सहभागिता रहेको छ ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले क्रमशः ४०, २० र १० हजार नगदसहित शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । प्रतियोगिता अवधिभर विभिन्न विधाहरुमा पनि खेलाडीहरुलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर