वालिङमा १३ मा उद्घोषण, नेतृत्व विकास तथा माइन्युट लेखन तालिम
जेठ १२, वालिङ ।
स्याङ्जाको वालिङमा उद्घोषण, नेतृत्व विकास तथा माइन्युट लेखन तालिम प्रदान गरिएको छ । वालिङ नगरपालिका वडा नं. १३ मा उदघोषण, नेतृत्व विकास तथा माइन्युट लेखनसम्बन्धी दुईदिने तालिम प्रदान गरिएको हो । वडा कार्यालयको आयोजना तथा गह्रौँकालिका मिडिया हाउसको सहजिकरणमा हिजो आइतबार र आज सोमबारगरी दुईदिने तालिम सञ्चालन गरिएको थियो ।
तालिम समापन कार्यक्रममा बोल्दै वालिङ नगरउपप्रमुख कविता तिवारी गैह्रेले यस्ता तालिमहरु मानव संसाधन विकासको आधार भएको बताउनुभयो । महत्वपूर्ण पक्ष भएको बताउनुभयो । उहाँले वर्तमान परिप्रेक्षमा नागरिकलाई नेतृत्वदायी भूमिकासहित अगाडि बढाउन यस्ता तालिमको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्नुभयो । नागरिकलाई सचेत तथा सक्षम बनाउनका लागि यो तालिमले सहयोग पुग्ने उहाँको भनाई थियो ।
नगर उपप्रमुख गैह्रेले नागरिकलाई सचेत तथा सक्षम बनाउनु सामाजिक उत्तरदायित्वभित्रको विषय भएकाले वडा तथा टोलमा रहेका आमा समूह, क्लबमा आवद्ध हुनेहरुलाई क्षमतावान बनाउँदै क्षमता अभिवृद्धि गराउनका लागि वडाले गरेको यो तालिम निकै फलदायी रहेको औंल्याउनुभयो । नगरपालिकाले स्वारोजगार तथा उद्यमशीलतासंँग जोडिएको विभिन्न तालिमहरु सञ्चालन गरेको भन्दै त्यस्ता तालिमलाई व्यवहारमा उतार्न उहाँको सहभागिहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा वडा अध्यक्ष नमलाल डुम्रेले यो तालिमले क्लब तथा आमा समूहको बैठकमा उठाइने माइन्युट सङ्कलन गर्न सक्षम बनाउने साथै आफ्ना मनमा लागेका कुरा ढुक्कसंँग सम्बन्धित ठाउँमा राख्न सक्ने बनाउने बताउनुभयो । वडाबासीको चाहना र इच्छा अनुसार यस्ता खालका तालिम तथा योजनाहरु वडाले ल्याईरहेकोे र वडाबासीकै सुझाव सल्लाहमा वडा अगाडि बढेको बताउनुभयो । कार्यक्रममा प्रशिक्षक कला राना, लक्ष्मी टोल विकास समितिका संयोजक पुरन गैह्रे, प्रशिक्षार्थी अर्जुन जिटि, अनिता गहतराज र कमला चापागाईँलगायतले तालिमअवधि भरको अनुभव आदानप्रदान गरेका थिए । तालिममा वालिङ टेलिभिजनका समाचार प्रमुख गोपाल जिटी, रेडियो आँधीखोलाका समाचार प्रमुख कला राना र गह्रौँकालिका मिडिया हाउसका माधव गैह्रेले सहजीकरण गरेका थिए । तालिममा महिला पुरुष गरी ५० जनाको सहभागिता रहेको थियो ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment