pokhara news

वालिङमा १६औँ तीज मेला तथा नगरस्तरीय तीजगीत प्रतियोगिता हुने

साउन–२४, वालिङ ।
स्याङ्जाको वालिङमा १६औँ तीज मेला तथा नगरस्तरीय तीजगीत प्रतियोगिता हुने भएको छ । यहि श्रावण ३१ गते वालिङ उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समितिको आयोजनामा १६औँ तीज मेला तथा तीजगीत प्रतियोगिता हुने भएको हो । महिला उद्यमी विकास समितिले हरेक वर्ष तीज विशेष तथा प्रतियोगितात्मक कार्यक्रम गर्दै आएको छ ।
मौलिक तीजगीतलाई संरक्षण गर्दै तीज पर्व महिला दिदिबहीनीहरुबीच एकआपसमा आत्मीयता अभिवृद्धि गर्दै मनाउने परिपाटीको विकास गर्न महिला उद्यमी समितिले हरेक वर्ष यस्ता कार्यक्रम गर्दै आएको समितिका अध्यक्ष मञ्जु केसीले जानकारी गराउनुभयो । वालिङ सिटिहलमा हुने प्रतियोगितामा तीजको मौलिक भाका, उद्यमशीलता विकास, महिला आत्मनिर्भरता हुने, सामाजिक सदभाव बढाउने खालका गीतहरुलाई प्राथमिकता दिईनेछ ।
बढीमा १५ समूहलाई सहभागिता गराइने प्रतियोगितात्मक कार्यक्रमकोसाथमा राष्ट्रिय कलाकारहरुको प्रस्तुतिसमेत रहने आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः २० हजार, १५ हजार, १० हजार र ५ हजार नगद सहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर