pokhara news

वालिङमा ‘ओम्कार इभेन्ट्स हब फर्स्ट एक्स्पो’ आयोजना हुँदै

स्याङ्जा — नेपाली मौलिक कला, संस्कृति, संगीत तथा परम्परागत खानाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले स्याङ्जाको वालिङमा “Omkaar Events Hub 1st Expo (पर्व) २०८२/०८३” आयोजना २०८२ चैत्र २६ देखि २०८३ बैशाख २ गते सम्म  गरिने भएको छ।

आयोजकका अनुसार कार्यक्रममार्फत स्थानीय तथा राष्ट्रिय कलाकारलाई आफ्नो कला, संगीत र सांस्कृतिक प्रस्तुति प्रदर्शन गर्ने अवसर प्रदान गरिनेछ। साथै नेपाली मौलिक कला–संस्कृति तथा परम्परागत खानाको प्रचार–प्रसार गर्दै स्थानीय खाना व्यवसायी तथा साना उद्यमीलाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ।

कार्यक्रमले युवालाई सिर्जनात्मक र सकारात्मक गतिविधितर्फ आकर्षित गर्नुका साथै विभिन्न समुदायबीच आपसी सद्भाव, सहकार्य र सामाजिक एकता मजबुत बनाउने अपेक्षा गरिएको छ। यस्ता सांस्कृतिक गतिविधिले आन्तरिक पर्यटन प्रवर्द्धन गर्दै स्थानीय अर्थतन्त्रलाई समेत चलायमान बनाउने विश्वास गरिएको अध्यक्ष विजय मल्लले बताउनुभयो ।

त्यसैगरी एक्स्पोबाट संकलित रकम खेलमैदान निर्माण तथा खेलकुद पूर्वाधार विकासमा प्रयोग गर्ने योजना रहेको जनाइएको छ।

आयोजकका अनुसार नेपाली नयाँ वर्षको अवसर पारेर आयोजना गरिने यस कार्यक्रमले नेपाली मौलिक संस्कृति, परम्परा र स्थानीय पहिचानको संरक्षण गर्दै भविष्यमा पनि यस्ता सांस्कृतिक तथा सामाजिक कार्यक्रम निरन्तर सञ्चालन गर्ने आधार तयार गर्ने अपेक्षा गरिएको छ।

 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर