pokhara news

वालिङमा “प्रथम वालिङ सिटी महोत्सव—२०८१” हुने

माघ ९, वालिङ
स्याङ्जाको वालिङ प्रथम वालिङ सिटी महोत्सव—२०८१ हुने भएको छ । वालिङ चेम्बर अफ कमर्श र नेपाल चेम्वर अफ कमर्शको संयुक्त आयोजनामा यही आउँदो फागुन ९ देखि १८ गतेसम्म प्रथम वालिङ सिटी महोत्सव—२०८१ वलिङस्थित खेलमैदानमा हुने भएको हो ।
मुलुकका विभिन्न प्रदेशको स्थानीय स्तरमा उत्पादित ग्रामिण प्रविधिको प्रयोग गर्ने, उत्पादिन वस्तुको बजार प्रवद्र्धनका साथै एकै थलोमा भेला गराई सो को पहिचान गराउने र वस्तु सेवा उपभोक्ता समक्ष पु¥याउने तथा आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको आयोजक चेम्वर अफ कमर्शका अध्यक्ष प्रकाश न्यौपानेले जानकारी गराउनुभयो । यसैगरी कृषिजन्य लघु, घरेलु तथा साना उद्योगहरु प्रवद्र्धन गर्न आवश्यक ज्ञान, उद्यमशीलता र प्रविधि हस्तान्तरण गर्न स्वदेशी तथा विदेशी बजार प्रवद्र्धनमा सहयोग पु¥याउने महोत्सवको उद्देश्य राखिएको अध्यक्ष न्यौपानेले बताउनुभयो । स्थानीय, राष्ट्रिय तथा छिमेकी मुलुकहरुमा उत्पादित औद्योगिक एवम् दैनिक उपभोग्य वस्तु र सेवाकासाथै हस्तकलाका सामान जनसमक्ष परिचित गराई व्यवसाय विस्तार एवम् प्रवद्र्धनमा टेवा पुगोस भनेर महोत्सवको आयोजना गरिएको हो । साहित्य, कला, संस्कृतिको प्रचार प्रसार, शिक्षा, स्वास्थ्य, पर्यटन क्षेत्रको विकास तथा अवसरको खोजीमा समेत महोत्सवबाट सहयोग पुग्ने आयोजकले जनाएको छ ।
“सम्पन्न समाज, समृद्ध वालिङ” भन्ने मूल नारासहित आयोजना गरिने महोत्सवमा कृषि पदर्शनी, खेलकुद, स्थानीय कला संस्कृति, शैक्षिक प्रदर्शनी, पुशपंछी, जैविक विविधता, स्थानीय पर्यटकीय क्षेत्रको फोटो प्रदर्शनी एवम् राष्ट्रिय लोकदोहोरी तथा विविध सांगीतिक कार्यक्रमहरु हुनेछन् ।
महोत्सवमा २ सय स्टल राखिने छ भने २ लाख बढि दर्शकले महोत्सव अवलोकन गर्ने अपेक्षा गरिएको छ । कूल ६६ लाख आम्दानी गरिने र ६० लाख खर्च हुँदा ६ लाख बचत हुने अनुमान गरिएको छ ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर