वालिङलाई हराउँदै एपीएफ ’एन्फा महिला फुटबल लिग’ को दोश्रो स्थानमा
भदौ–२७,काठमाडौ ।
एन्फा महिला लिग फुटबलमा आज भएका खेलमा सशस्त्र प्रहरी बल (एपीएफ) फुटबल क्लब र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको दोश्रो खेलमा सशस्त्रले वालिङ फुटबल क्लबलाई २–१ गोलले हराएको हो ।
सशस्त्रका लागि रेनुका नगरकोटी र रश्मीकुमारी घिसिङले समान एक गोल गरे । यस्तै वालिङका लागि चिसी नानटोङ्गोले एक गोल गरिन् । यो जीतसँगै सशस्त्रले चार खेलबाट १० अङ्क बनाएर तालिको दोश्रो स्थानमा उक्लिएको छ । समान खेल खेलेको वालिङ ६ अङ्ककासहित तालिकाको पाँचौ स्थानमा रहेको छ ।
आजै भएको पहिलो खेलमा आर्मीले बागमतीलाई ३–० गोलले हरायो । आर्मीको जीतमा बिमला चौधरी, अमिशा कार्की र सन्जी थिङले समान एक गोल गरे । आर्मी चार खेलबाट नौ अङ्कसहित तालिकाको तेश्रो स्थानमा छ ।
समान खेल खेलेको बाग्मतीले एउटा मात्रै खेल जितेको छ । बागमती तीन अङ्कसहित तालिकाको सातौं स्थानमा छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजना भइरहेको लिगमा १० वटा टोली सहभागी छन् ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment