pokhara news

वालिङ क्याम्पसमा स्ववियु निर्वाचनको तयारी अन्तिम चरणमा

                                                      फोटो फाईल 
चैत ४, वालिङ ।
स्याङ्जाको वालिङमा रहेको वालिङ बहुमुखी क्याम्पसमा भोलि मङ्गलबार स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदैछ । विद्यार्थी हकहितका पक्षमा काम गर्ने सङ्गठन स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने भएको हो । क्याम्पसको स्मारिकामा उल्लेख भए अनुसार अहिलेको स्ववियु निर्वाचन १३ औं हो । स्ववियु निर्वाचन—२०८१ का संयोजक जगन्नाथ पङ्गेनीका अनुसार क्याम्पसमा पाँचवटा विद्यार्थी संगठन दर्ता भएका छन् भने दुई वटा संगठन प्यानलसहित चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् । यो निर्वाचनबाट आगामी दुईवर्षे कार्यकालका लागि निर्वाचित हुनेछन् । क्याम्पसमा नेविसंघ, अनेरास्ववियु, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन, अखिल क्रान्तिकारी र अखिल नेपाल विद्यार्थी समाजवादी गरी पाँच वटा संठगन दर्ता भएका छन् ।
स्ववियु निर्वाचन—२०८१ का संयोजक पङ्गेनीका अनुसार अध्यक्ष १, सचिव १, कोषाध्यक्ष १ र ६ जना सदस्य प्रत्यक्ष निर्वाचित हुने छन् भने अरु ६ जना समानुपातिकबाट आउने छन् । समानुपातिकबाट उपाध्यक्ष १ र सहायक सचिव १ जना मनोनित गरिने छ । त्रिवि निर्देशिका—२०८१ अनुसार काम कार्यवाही अगाडि बढेको र निर्वाचन तयारीको काम अन्तिम चरणमा पुगेको छ ।
सहमतिमा आचार संहिता बमोजिम निर्वाचन तयारीको काम राम्रोसँग अगाडि बढेको क्याम्पस प्रमुख भीमप्रसाद पङ्गेनीले जानकारी गराउनुभयो । 
यसअघिका १२ औं पटक निर्वाचन प्रकृयाबाट स्ववियुले काम गर्दै आएको छ । वालिङ क्याम्पसमा सुरुदेखि स्ववियुको नेतृत्वलाई हेर्दा ८ पटकसम्म एमाले निकट अनेरास्ववियु पक्षले स्ववियुको नेतृत्व गर्दा काङ्ग्रेस निकट नेविसंघ पक्षले ४ पटक नेतृत्व गरेको इतिहास छ । 
नेपाल विद्यार्थी संघ र अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले अध्यक्षसहित पूरै प्यानल खडा गरेर चुनावी मैदानमा उत्रिएका छन् । नेविसंघबाट निरज श्रेष्ठ (थ्भिियध) र अनेरास्ववियुबाट विष्णु पङ्गेनी (निश्चल) को नेतृत्वमा प्यानलसहित उमेदवारी दिएका छन् । लामो समयपछि १२ औं निर्वाचनबाट नेतृत्व हत्याएको नेविसंघले पुनः दोहो¥याउने तयारीकासाथ लागेको छ भने अनेरास्ववियुले पुरानो साख कायम गर्नेगरी प्रतिस्पर्धामा होमिएको छ । दुबै सङ्गठनको तयारीलाई हेर्दा कडा प्रतिस्पर्धा हुने देखिन्छ । 
भोलि विहान ८ः०० देखि ४ः०० बजेसम्म स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अन्तर्गत मतदान हुने स्ववियु निर्वाचन—२०८१ का संयोजक पङ्गेनीले जानकारी गराउनु भयो ।
कूल ९ सय ९४ जना विद्यार्थीले भोलि स्ववियुको निर्वाचनमा मतदान गर्नेछन् । 
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर