वालिङ डान्स आइडल स्थगित, आयोजकद्वारा टीकटको पैसा फिर्ता गरिने
भदौ ५, वालिङ ।
स्याङ्जाको वालिङमा गरिने भनिएको वालिङ डान्स आइडल स्थगित हुने भएको छ । ड्रप बीट एकेडेमी बुटवलले सञ्चालन गरेको डान्स आइडलको फाइनलसहितका कार्यक्रम स्थगित भएको सञ्चालक सदस्य विश्वास थापाले जानकारी दिएका छन् । यही भदौ ७ गते फाइनल प्रतिष्पर्धा गराउनका लागि आयोजकले टीकट वितरण गरेको थियो । अडिसन राउण्डबाट १९ जनालाई फाइनलका लागि छनौट गरिएको थियो । प्रतियोगिता स—साना बालबालिकाहरुकाबीच गराइएको थियो । आफ्ना छोराछोरी फाइनलमा पुगेपछि अभिभावकहरुले आयोजकद्वारा दिइएका रु.१ सय ५० मूल्यको टीकट विक्रिका लागि खटिएर लागेका थिए । यही टीकटलाई नै भोटिङको मान्यता दिने आयोजक सदस्य थापाको भनाई थियो । प्रतिष्पर्धीका अभिभावकका अनुसार जति सकिन्छ टीकट विक्रि गरेर आयोजकलाई दिने र त्यसैबाट भोटिङ गरिदिन्छौं भनेका थिए । टीकटसहितको कार्यक्रम गर्दा स्थानीय सरकार एवम् प्रशासनसँग विधिवत अनुमति लिएर मात्र यस्ता कार्यक्रम गरिनुपर्दछ तर ड्रप बीट एकेडेमी बुटवलले मनोमानीरुपमा अघि बढेको थियो ।
अडिसन राउण्ड सकिए लगतै वालिङ नगरपालिकामा बुझ्दा कुनै निवेदन र जानकारी नआएको बताएको थियो । फाइनल कार्यक्रम नजिकिदै गर्दा बल्ल कार्यक्रम सम्बन्धी एउटा निवेदन आएको तर आवश्यक कागतजात नभएकाले कार्यक्रम गर्न अनुमति दिन नसकिने नगरपालिकाको सचिवालयले जनाएको थियो ।
सञ्चालक थापालाई फोन गर्दा कार्यक्रम स्थगित गरिएको बताएका हुन् । थापा भन्छन्—हामीले कुनै नराम्रो गर्न खोजेका थिएनौं, प्रशासनले भनेपछि कार्यक्रम स्थगित गर्छौं, पैसा पनि फिर्ता गरिदिन्छौं । को कसले के के भने थाह छैन, वालिङका मान्छे ठीक रैनछन् भनेर आम नागरिकलाई दोष लगाएर आँफू चोखो हुने प्रयास गरेका छन् । यस्ता कार्यक्रमका लागि स्थानीय सरकार वा प्रशासनसँग अनुमति लिनु पर्दैन र ? भनी सोध्दा थापा भन्छन्—खै त्यस्तो थाह थिएन, फेरि पनि अनुमतिका लागि निवेदन दिएका थियौं, ढिला भएछ ।
वालिङमा केही वर्ष पहिला पनि बुटवलबाटै आएर प्रतियोगिताका नाममा पैसा उठाउने यस्तै प्रयास भएको थियो भने प्रशासनद्वारा स्थगित गराइएको थियो ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment