वालिङ नगरको शैक्षिक सुधारका लागि सामुदायिक विद्यालयसँग अन्तरक्रिया
स्याङजा, भदौ ०९ ।
स्याङ्जाको वालिङ नगरपालिकाले विद्यालय शिक्षण सबलीकरण सम्बन्धमा छलफल तथा अन्तरक्रिया गरेको छ ।
नगरपालिकाले शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्यले विद्यालय शिक्षण सबलीकरण सम्बन्धमा छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको हो ।
कार्यक्रममा शिक्षण पद्धति सुधार, सिकाइमा देखिएका चुनौतीहरू, विद्यार्थीको उपलब्धि अभिवृद्धि, र प्रविधिमैत्री शिक्षण प्रणालीका विविध पक्षमा गहिरो छलफल गरिएको थियो ।
लुम्बिनी प्रदेशसभा सदस्य खड्ग बस्नेत, शिक्षाविद् कविता अर्याल, शिक्षाकर्मी तोयानारायण अर्याल र मिडासका प्रशिक्षक विश्वराज पंगेनी ले आ–आफ्ना क्षेत्रगत अनुभव र विचारसहित सहजीकरण गरेका थिए ।
नगरभित्रका विभिन्न सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समिति, अभिभावक प्रतिनिधि तथा सरोकारवाला निकायका पदाधिकारीहरूको सहभागितामा छलफल तथा अन्तरक्रिया गरिएको हो ।
भौतिक पूर्वाधार, शिक्षण सामाग्रीको अभाव जस्ता साझा समस्या रहेको शिक्षकहरुले भनाई राखेका थिए ।
यसैगरी समस्या समाधान गर्न यो कार्यक्रम आयोजना गरिएको नगरप्रमुख कृष्ण खाँणले बताउनुभयो । विद्यालय र स्थानीय सरकार दुवै मिलेर २ वर्षभित्र शैक्षिक हब बनाउने प्रण गरेर लाग्नुपर्नेमा जोडदिनुभयो । खाँणले भन्नुभयो, “वालिङ नगर भित्र गुणस्तरीय शिक्षा अभावमा बसाइसराइ बढ्यो । विद्यालय र स्थानीय सरकार दुवै मिलेर २ वर्षभित्र शैक्षिक हब बनाउने गरी शैक्षिक सुधारको लागि प्रण गरौँ ।”
यस्तै नगर उपप्रमुख कविता तिवारी गैरेले शैक्षिक सुधारको नमुना प्रयास स्वरुप सञ्चालन गरिएको विद्यालय नर्स, दैनिक योग कक्षा जस्तो कार्यक्रमले विद्यार्थीमा उर्जा पैदा गरेको बताउनुभयो । विद्यार्थीमा विभेदको भावना अन्त्य गराउन नगरपालिकाले यस वर्षबाट पोशाकमा एकरुपता ल्याउन पोशाक वितरण गर्ने योजना बनाएको उहाँले जानकारी गराउनुभयो ।
नगर शिक्षा शाखा प्रमुख ख्याम नारायण काफ्लेले सामुदायिक विद्यालय शिक्षण सबलीकरणका लागि आगामी दिनमा नियमित तालिम, अनुगमन प्रणाली, र नवीन अभ्यासहरू विस्तार गरिने जानकारी दिनुभयो ।
उहाँका अनुसार, “शिक्षकको क्षमता विकास, शैक्षिक सामग्री उत्पादन र प्रविधिको पहुँच सुनिश्चित गर्नु अबको प्रमुख कार्यदिशा हुनेछ ।”
वालिङ नगरपालिका भित्र बाल शिक्षा देखि कक्षा १० सम्म तीन हजार ९ सय १९ विद्यार्थीले छन् । यी मध्ये १ हजार २ सय ४९ जना दलित परिवारबाट प्रतिनिधित्व गर्छन भने अधिकांश परिवार विपन्न वर्गबाट भर्ना भएका छन् ।
खासगरी आर्थिक अभावमा रहेका परिवारका विद्यार्थी बिहान घरको काम सकेर मात्र विद्यालय आउँछन् । थकाइ, पारिवारिक जिम्मेवारी र जीवन संघर्षको सन्दर्भमा उनीहरूको पठन–पाठन दोस्रो प्राथमिकता बन्ने कारण सामुदायिक विद्यालयको नतिजा राम्रो आउन नसकेको लक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यापक सिता गौडेलको भनाई छ ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment