pokhara news

वालिङ नगरपालिकाद्वारा एसईई परीक्षा केन्द्र अनुगमन

चैत ८, वालिङ ।
यतिबेला देशभर यस वर्षको एसईई परीक्षा सञ्चालन भएको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) हिजो विहिबारदेखि सुरु भएको हो । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट विहिबार बिहान ८ बजेदेखि एसईई परीक्षा सञ्चालन गरिएको हो । यस वर्षको माध्यमिक शिक्षा परीक्षामा पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागिता जनाएका छन । 
यसैबीच स्याङ्जाको वालिङ नगरपालिकाद्वारा एसईई परीक्षा केन्द्रको अनुगमन गरिएको छ । वालिङ नगरपालिकाका उप प्रमुख, शिक्षा शाखा प्रमुख, प्रमुख प्रशासकीय अधिकृत एवम् पत्रकारसहितको टोलीले नगरपालिकाभित्र रहेका एसईई परीक्षा केन्द्रको अनुगमन गरिएको हो । 
वालिङ नगरपालिका क्षेत्रमा पूर्णामृत भवानी मावि, वालिङ १०, पायनियर्स अङ्ग्रेजी आवासीय मावि वालिङ १०, पिसजोन इन्टिग्रेटेड आवासीय मावि वालिङ ९, भूम्रे मावि वालिङ ९, रणवीर मावि वालिङ १, बालसिद्ध मावि वालिङ ७ र सरस्वती मावि वालिङ १३ गरी ७ वटा सेवाकेन्द्रबाट विद्यार्थीहरुले एसईई परीक्षा दिइरहेका छन् । नगरपालिका भित्र रहेका सातवटै परीक्षा केन्द्रहरुमा शान्त वातावरणमा परीक्षा सञ्चालन भैरहेको वालिङ नगर उपप्रमुख कविता तिवारी गैह्रेले जानकारी दिनुभयो । देशका विभिन्न स्थानमा चिट चोर्ने चोराउनेलगायतका अनुशासन विपरित गतिविधी भएका र कार्यवाही गरिएका समाचारहरु सुन्नमा आएको उल्लेख गर्दै उप प्रमुख गैह्रेले वालिङमा त्यस्तो नहुने विश्वास व्यक्त गर्नुभयो । 
यसैगरी नगरपालिका शिक्षा शाखा प्रमुख ख्यामनारायण काफ्लेले सबै परीक्षा केन्द्रहरुमा शान्त र अनुशासितरुपमा परीक्षार्थीहरुले जाँच दिइरहेका बताउनुभयोे । परीक्षा अवधिभर अनुगमन गर्ने र परीक्षालाई अनुशासित एवम् मर्यादित बनाउन नगर शिक्षा शाखा  हरदम लागिरहने उहाँको भनाई छ ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर