वालिङ नगरपालिकाद्वारा चालु वर्षको आयव्यय बजेट विवरण पत्रकार सम्मेलन मार्फत सार्वजनिक
भदौ १३, वालिङ ।
वालिङ नगरपालिकाले चालु आर्थिक वर्ष २०८१÷०८२ को आयव्यय बजेट विवरण सार्वजनिक गरेको छ । पछिल्लो समयमा बजेटको विषयमा विभिन्न टिकाटिप्पणी आईरहेका बेला नगरपालिकाले नगरको बजेटको विवरण पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।
कार्यक्रममा पत्रकारहरुले उठाएका विषयहरुमा नगरप्रमख कृष्ण खाँणले वालिङ नगरपालिकाको विकास र समृद्धिको लागि सबै एकजुट हुनुपर्ने भन्दै साना मसिना कुरालाई विवादको रुपमा लिईयो भने सिँगो नगरपालिका असफल हुने धारणा व्यक्त गर्नुभयो । बजारमा आएको हल्ला जस्तो नभई बजेट विधि र प्रक्रियाबाट आएको उल्लेख गर्दै सबै जनप्रतिनिधि र कर्मचारीहरुलाइ बजेट कार्यान्वयनमा जोड दिनुभएको थियो ।
आम्दानी शिर्षकमा आन्तरिक र संघीयतर्फ ८९ करोड ८४ लाख ६८ हजार ७ सय ४१ रहेकोमा आन्तरिक स्रोत तथा विभिन्न शिर्षकको ६ करोड, गतवर्षको अल्या ९ करोड ६६ लाख ९३ हजार २ सय ४१, संघीय सरकार राजस्व बाँडफाँड १२ करोड ९८ लाख, वित्तिय समानीकरण अनुदानमा १५ करोड १० लाख, समपूरक अनुदानतर्फ २ करोड ८५ लाख, विशेष अनुदान तथा चालु पूँ जिगत १ करोड २० लाख र सशर्त अनुदान चालुतर्फ ४२ करोड ४ लाख ७५ हजार ५ सय रहेको छ ।
त्यस्तै प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदानमा २ करोड १० लाख २२ हजार, समपूरक अनुदानतर्फ १ करोड, राजस्व बाँडाफाँट सवारी साधनतर्फ १ करोड ५७ लाख २६ हजार, राजस्वबाँडफाँट दहत्तर बहत्तर तर्फ ६० लाख, घरजग्गा रजिष्ट्रेशन १ करोड, विज्ञापन कर बापत १ लाख ९८ हजार गरी कूल ६ करोड २९ लाख ४६ हजार रहेको छ । यसरी आम्दानीतर्फ संघीय, आन्तरिक र प्रदेश गरी कूल९६ करोड १४ लाख १४ हजार ७ सय ४१ रकम रहेको छ ।
तयस्तै खर्चतर्फ संघीय आयोजना तथा कार्यक्रमतर्फ ४६ करोड ९ लाख ७५ हजार ५ सय, प्रदेश सरकार समानीकरण अनुदानतर्फ २ करोड १० लाख २२ हजार, बजेट उप शीर्षक वित्तीय समानीकरण अनुदानतर्फ १५ करोड १० लाख, राजस्व बाँडफाँट सवारी साधन प्रदेश सरकारतर्फ १ करोड ५७ लाख २६ हजार, संघीय सरकार राजस्व बाँडफाँट १२ करोड ९८ लाख, दहत्तर बहत्तर, ढुङ्गा गिटी बालुवा, विज्ञापनतर्फ ६१ लाख ९८ हजार, विपद व्यवस्थापन १ करोड, आन्तरीक स्रोत अल्यासमेत तर्फ १५ करोड ६६ लाख ९३ हजार २४१, मर्मत सम्भार कोष खाता सञ्चालन हुने योजनाहरुतर्फ ६३ लाख गरी ९६ करोड ७७ लाख १४ हजार ७ सय ४१ रुपैँयाको बजेटको विवरण नगर प्रवक्ता पदमराज गुरुङले प्रस्तुत गर्नुभएको थियो ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment