pokhara news

वालिङ नगरपालिकाले प्रकृया पुगेका लाभग्राहीहरुको कागजपत्र तत्काल अगाडि बढाउने

साउन १०, स्याङ्जा
स्याङ्जाको वालिङ नगरपालिकाले विपतमा परी दोस्रो किस्ता अनुदान आउन बाँकी रहेका र प्रकृया पुगेका लाभग्राहीहरुको कागजपत्र तत्काल अगाडि बढाउने भएको छ । २०७७ सालमा विपतमा परी घरबास निर्माण गरिएका लाभग्राहीहरुको बाँकी दोस्रो किस्ता स्वरुपको रकमका लागि प्रकृया पुगेका कागजपत्रहरु नगरपालिकाले तत्काल अगाडि बढाउने भएको हो । 
स्थानीय सरकार ऐन अन्तर्गत २०७७ सालमा बनेको विपत व्यवस्थापन कार्यविधिका आधारमा र सम्बन्धित निकायले मागे अनुसार लाभग्राहीहरुको आवश्यक कागजपत्र तयार पारिए पनि अपुग भएकाले अगाडि बढ्न सकेका थिएनन् । 
यसै सन्दर्भमा नगरपालिकामा आज सरोकारवालाहरुको बैठक बसी विपतमा परी दोस्रो किस्ता आउन बाँकी रहेका र प्रकृया पुगेका लाभग्राहीहरुको कागजपत्र तत्काल अगाडि बढाउने नगर प्रमुख कृष्ण खाँणले बताउनु भयो । नगरपालिकाको विपत व्यवस्थापन शाखाबाट प्राप्त विवरण अनुसार विभिन्न वडाका गरी ६ जना लाभग्राहीहरुको प्रकृया पुगेका कागजपत्र तत्काल अगाडि बढाइने नगरप्रमुख खाँणले बताउनु भएको हो । उहाँले बाँकी लाभग्राहीहरुको हकमा पनि नगरपालिकाले सम्बन्धित निकायसँग अनुदान वापतको किस्ता उपलव्ध गराउन पहल गर्ने बताउनुभयो । 
कार्यक्रममा नगर उपप्रमुख कविता तिवारी गैह«ेले विपतमा परेकाहरुका लागि आवश्यकता अनुसार कार्यविधि परिमार्जन गरेर भए पनि पिडितलाई राहत उपलव्ध गराउन नगरपालिका लागिपर्ने बताउनुभयो । नगरपालिकामा विपत व्यवस्थापन कार्यदल गठन भई कार्य अगाडि बठाइसकेको भन्दै उपप्रमुख तिवारीले कार्यदलले गरेको अनुगमनसहितको विवरणका आधारमा राहत उपलव्ध गराइने बताउनुभयो ।
विपत व्यवस्थापन शाखा प्रमुख ढालबहादुर केसीका अनुसार २०७७ सालमा नगरपालिकाका विभिन्न वडाका मनसुनजन्य विपतमा परेका ३२ जनाले पहिलो किस्ता वापतको जनही रु.७५ हजार प्राप्त गरेका थिए । यीमध्ये १५ जना लाभग्राहीको घर बने पनि दोस्रो वा बाँकि ३ लाख २५ हजार अहिलेसम्म पनि पाउन सकेका छैनन् । प्रहरी मुचुल्कालगायतका कागजपत्र नपुगेका कारण २६ जनाले राज्यका तर्फबाट पाउनुपर्ने बाँकी किस्ता रोकिएको विपत व्यवस्थापन शाखाले जनाएको छ । यसमध्ये ६ जनाको सबै कागजपत्र पुगेकाले तत्काल अगाडि बढाइने भएको हो ।
कागजपत्र अगाडि बढाइनेमा ३ जना पुनर्निर्माण अन्तर्गतका हुन भने ३ जना पुनस्र्थापना अन्तर्गतका रहेका छन् । पुनस्र्थापनाका लागि भने ३ लाख घडेरी किन्नका लागि र ४ लाख घर बनाउन गरी जम्मा ७ लाख अनुदान प्राप्त गर्नेछन् ।
बाँकी लाभग्राहीहरुको हकमा सम्बन्धित निकायसँग बाँकी किस्ता उपलव्ध गराउन नगरपालिकाले पहल गर्ने भएको हो । यसैगरी असार महिनाको २१, २२ र २३ गतेको वर्षाले नगरपालिका क्षेत्रमा ५ सयभन्दा धेरै घर परिवारलाई क्षति पु¥याएको विवरण प्राप्त भैसकेको छ । केही दिनमा कार्यदलबाट सबै विवरण आउने र त्यसपछि प्रकृया अगाडि बढाइने विपत व्यवस्थापन शाखाले जनाएको छ ।

 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर