वालिङ नगरले गर्यो भुजेलको बिदाइसँगै २ डिएसपीको स्वागत
सशस्त्र प्रहरी बल नेपाल नं. ३० गुल्म, वालिङका प्रहरी नायव उपरीक्षक (डिएसपी) लिला बहादुर भुजेललाई वालिङ नगरपालिकाले ‘फेरी भेटौंला’ भन्दै बिदाइ कार्यक्रम आयोजना गरेको छ ।
डिएसपी भुजेलले विगत केही वर्षदेखि वालिङमा कार्यरत रहँदै नगरसँग समन्वय गरेर शान्ति सुरक्षा, विपद् उद्धार र समाजसेवामा महत्वपूर्ण भूमिका खेल्नुभएको थियो ।
कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै भुजेलले वालिङवासीसँगको आत्मीय सम्बन्ध सधैं सम्झिरहने बताउनुभयो ।
यस्तै सोही अवसरमा सशस्त्र प्रहरी बल नेपाल ३० नं गुल्म , वालिङमा नवआगन्तुक डिएसपी कुमार तिमल्सिना र वडा प्रहरी कार्यालय वालिङका डिएसपी कमल पण्डीतलाई स्वागत गरिएको थियो ।
स्वागत गर्दै नगरप्रमुख कृष्ण खाँणले अस्थायी रुपमा बसोबास गर्दै आएको सशस्त्रलाई जग्गा व्यवस्थापन गरेर स्थायी रुपमा बस्ने वातावरण मिलाउन नगरले भूमिका खेलेको बताउनुभयो ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment