pokhara news

वालिङ प्याथोलोजीमा नयाँ उपकरणकोसाथमा रगत दिशापिसावको नमूना परीक्षण

माघ १, वालिङ ।
स्याङ्जाको वालिङमा सञ्चालित ‘वालिङ प्याथोलोजी’ ले नयाँ उपकरणकोसाथमा रगत दिशापिसाव परीक्षण सुरु गरेको जानकारी गराएको छ । प्याथोलोजीले तेस्रो वर्ष प्रवेशको अवसरमा आयोजित एक कार्यक्रममा  थप नयाँ उपकरणको साथमा रगत दिशापिसाव परीक्षण सुरु गरेको जानकारी गराएको हो ।
जिल्लामा नै पहिलो पटक अत्याधुनिक उपकरणबाट रगत तथा दिशापिसावको परीक्षण गर्न भन्दै दुई बर्ष अगाडि वालिङमा प्रयोगशाला सञ्चालन गरिएको थियो । 
स्याङ्जा तथा आसपासका विरामीलाई सहज सेवा उपलव्ध गराउन आफूहरुले गरेको प्रयास सफल भएको प्याथोलोजीका अध्यक्ष मनोज खनालले बताउनुभयो । उहाँले भन्नुभयो,“रगतको सामान्य परीक्षण वालिङमा हुने गरेको भए पनि थाईराईड लगायतका परीक्षणका लागि पोखरा र पाल्पा जानुपर्ने बाध्यता थियो, जुन अहिले हटेको छ ।” रगतको नमूना लिएर पोखरा पठाउँदा यसको विश्वसनीयता कमजोर हुने गरेको र विरामीको सहजताका लागि अत्याधुनिक प्रयोगशाला सञ्चालनमा ल्याईएको खनालले उल्लेख गर्नुभयो । 
प्रयोगशाला सञ्चालनमा आएसँगै स्याङ्जा सहित पाल्पा,पर्वत र गुल्मी लगायतका जिल्लाका नागरिकलाई सहजता आएको सञ्चालक स्रिजन खनालले बताउनु भयो । वालिङमा नै सहज सेवा पाउँदा जिल्लाका नागरिकलाई सजिलो भएकाले आर्थिक भार समेत कम परेको खनालको भनाई छ । 
वालिङ नगरपालिका–९ तल्लो वालिङमा रहेको प्रयोगशालामा दैनिक एक सय जना भन्दा धेरैको रगत तथा दिशापिसावको नमूना परीक्षणका लागि आउने प्रयोगशालाका प्रमुख जय प्रसाद ठाकुरले जानकारी गराउनुभयो । 
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर