pokhara news

वालिङ बजारका पसलहरुको अनुगमन

असोज २१, वालिङ ।

स्याङ्जाको वालिङस्थित मुख्य बजारहरु अनुगमन गरिएको छ । वालिङ नगरपालिकाको नेतृत्वमा ईलाका प्रशासन कार्यालय वालिङ, वालिङ नगरपालिकाका कर्मचारी, सुरक्षाकर्मी एवम् पत्रकारहरुको टोलीले वालिङस्थित मुख्य बजारका पसलहरु अनुगमन गरिएको हो । त्रियासी, खहरे र रामबाच्छा बजारका पसलहरुको अनुगमन गरिएको छ ।

अनुगमनका क्रममा पान नम्वर सूचक बोर्ड नराखिएका केही पसलहरु रहेको पाइएको छ । यस्तैगरी दर्ता नभएका पसलहरु पनि भेटिएका छन् । उनीहरुलाई पान नम्वर सूचक बोर्ड राख्न र आफ्नो पसल विधिवत दर्ता गरी सञ्चालन गर्न सुझाइएको छ । यस्तैगरी प्याकिङ समोसा, कुरकुरे, पाउरोटी, बिस्कुट एवम् केही पेय पदार्थहरु म्याद गुज्रिएका भेटिका थिए ।  उक्त सामानहरु प्रहरीको रोहबरमा नष्ट गरिएको छ । म्याद गुज्रेका सामान नराख्न वा विक्रि वितरण नगर्न सुझाइएको वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जानकारी गराउनुभयो । आगामी दिन यसैगरी म्याद गुज्रिएका सामानहरु पसलमा राखिएको र विक्रि वितरण गरेको पाइएमा कार्यवाही गरिने जानकारीसहित उनिहरुलाई सचेत गराइएको छ ।

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर