pokhara news

वालिङ बोलबम समूहको २१ औं संस्करणको यात्रा सुरु

साउन १२, स्याङ्जा
हिन्दु परम्परा र संस्कार अनुसार साउन महिनालाई शिव महिनाकारुपमा लिइन्छ । देवताका पनि महादेवता आराध्यदेव शिव भगवानको भक्ति एवम् आराधनाका लागि साउन महिनामा बोलबम समूहले विभिन्न शिवालय मन्दिर दर्शन गर्ने प्रचलनको विकास भएको छ ।
यसैबीच वालिङ बोलबम समितिद्वारा आयोजित समूलले २१ औं संस्करणको यात्रा आज स्याङ्जाको वालिङबाट सुरु गरेको छ । सल्यानको छायाँक्षेत्र मन्दिर दर्शनका लागि समूहले आज विहान साढे आठ बजे वालिङबाट प्रस्थान गरेको हो ।
समूहको यात्रा साइतका समयमा वालिङ बोलबम समितिका अध्यक्ष दिपेन्द्र तिवारीले २१ औं संस्करणको बोलबम यात्रा सल्यानको छायाँक्षेत्र मन्दिरका लागि हुने बताउनुभयो । हिन्दु धर्म संस्कारको विकासमा टेवा पु¥याउने उद्देश्यले वार्षिकरुपमा विभिन्न शिवालय मन्दिर दर्शनमा जाने गरेको अध्यक्ष तिवारीले बताउनुभयो । साथै आन्तरिक पर्यटन प्रवद्र्धन तथा दुःखी गरिवहरुलाई सहयोग गर्ने पनि समूहको उद्देश्य रहेको उहाँले बताउनुभयो । गतवर्ष पूर्वको पाँच पोखरीको यात्रा गरेको समूहले यो वर्ष सल्यानको छायाँक्षेत्र मन्दिर दर्शनका लागि यात्रा तय गरेको उहाँले उल्लेख गर्नुभयो ।
वालिङ बोलबम समितिद्वारा आयोजित यो एक्काइसौं यात्रा हो । समूहले रामदीस्थित कालिगण्डकी स्नानगरी कालिगण्डकीको जल लिएर जाने र सोमबार गन्तव्यमा पुग्ने आयोजकले जनाएको छ । दाङ, सुर्खेतहुँदै सल्यानको छायाँक्षेत्र पुग्नेसमूहको कार्यक्रम रहेको छ । ६५ जना रहेको वालिङ बोलबम समूहले आज १२ देखि १८ गतेसम्मको ७ दिन नेपालको मध्य पहाडी लोकमार्गको यात्रा गर्ने छ । योसँगै दैलेख, जाजरकोट र रुकुमसम्मको यात्रा गर्ने आयोजकले जनाएको छ ।

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर