विकासमा राजनीति गर्न हुँदैन—मुख्य सचिव अर्याल
वैशाख २७, वालिङ ।
नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालले विकास निर्माणको सवालमा राजनीति गर्न नहुँने बताउनुभएको छ । शनिबार गह्रौँसुर धार्मिक तथा पर्यटकीय केन्द्र तथा गह्रौँसुर मन्दिर परिसरमा नवनिर्मित अतिथि गृहको उद्घाटन गर्दै मुख्य सचिव अर्यालले विकास निर्माणको क्षेत्रमा राजनीति गरेमा उक्त क्षेत्र पछाडि पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “विकास निर्माणमा सबै एकजुट हुँन आवश्यक छ । विकासको सवालमा जहिल्यै पनि सहमति र सहकार्यको आवश्यकता पर्छ । विकासमा राजनीति गरियो भने पछाडि परिन्छ ।” विकासमा आग्रह पुर्वाग्रह छाडेर अगाडि बढ्न आवश्यक रहेकोमा मुख्य सचिव अर्यालको जोड छ ।
स्याङ्जाको विकासका लागि आफ्नो पहिलो प्राथामिकता रहेको र यहाँको विकास निर्माणका लागि आफ्नो तर्फबाट सँधै सहयोग र सदभाव रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देल, वालिङ नगरपालिका प्रमुख कृष्ण खांण, गल्याङ नगरपालिका प्रमुख गुरुप्रसाद भट्राई, जिल्ला समन्वय उपप्रमुख खड्कराज सुवेदी, सिटि एक्सप्रेस कम्पनीका गण्डकी अध्यक्ष हेमबहादुर गुरुङलगायतले विकास निर्माणका सन्दर्भमा यो वा त्यो नभनीकन सबै मिलेर लाग्नुपर्ने धारणा राखेका थिए ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment