विद्यालयमा न्यानो पोशाक तथा शैक्षिक सामाग्री वितरण
पुस—१३, वालिङ ।
स्याङ्जाको भीरकोटमा विद्यार्थीहरुलाई न्यानो कपडासहित शैक्षिक सामग्री वितरण गरिएको छ । विद्यार्थीसंँग लायन्स कार्यक्रम अन्तर्गत लायन्स क्लब अफ भीरकोटले विद्यार्थीहरुका लागि न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण गरेको हो । क्लवले भीरकोटका दुईवटा विद्यालयमा पुगी सामग्री वितरण गरेको छ । शुक्रबार क्लबले भीरकोट ५ को गडीभञ्याङ आधारभूत विद्यालय र ३ को बानेथोक भतेरपाटामा रहेको कालिका आधारभूत विद्यालयका २५ जना विद्यार्थीहरुलाई न्यानो कपडा हाईनेक, जुत्ता मोजा, व्याग, कपीकलम वितरण गरिएको हो ।
कार्यक्रममा लायन्स क्लब अफ भीरकोटका संस्थापक अध्यक्ष यामप्रसाद अधिकारीले लायन्स विशुद्ध सामाजिक सेवाभावका लागि स्थापित क्लब भएको बताउनुभयो । उहाँले क्लबले वार्षिक कार्यक्रम नै बनाएर हरेक वर्ष फरक फरक कार्यक्रम गर्दै आएको बताउनुभयो । यस्ता कार्यक्रमले बालबालिकाहरुका लागि थप प्रोत्साहन मिल्ने भएकाले क्लवमा सहभागी सबैमा खुसी लागेको उहाँले व्यक्त गर्नुभयो ।
क्लबले गतवर्ष स्वास्थ्य शिविर मार्फत बालबालिकको आँखा परीक्षण गरेको थियो भने यो वर्ष स्कूल सपोर्टिङ कार्यक्रम अन्तर्गत विद्यार्थीसंँग लायन्स कार्यक्रम गरिएको क्लबले जनाएको छ । यस्ता कार्यक्रम गर्न क्लबले आफ्ना सदस्यहरुबाटै आर्थिक जुटाउने गरेको क्लबका संस्थापक अधिकारीले उल्लेख गर्नुभयो ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment