pokhara news

विपदका कारण बेपत्ता भएको १० दिनसम्म पनि फेला नपरे सरकारले मृतकसरह राहत दिने

साउन १, स्याङ्जा
सरकारले बाढीपहिरो एवम् प्राकृतिक प्रकोपमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ । नवगठित सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले बाढीपहिरोलगायत प्राकृतिक प्रकोपमा ज्यान गुमाउनेको परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्को बैठकले विपदका कारण बेपत्ता भई घटनामा परेको १० दिनसम्म पनि फेला पर्न नसकेका व्यक्तिका परिवारलाई मृतकसरह राहत उपलब्ध गराउनेसमेत निर्णय गरेको छ । मन्त्री गुरुङले पहिलो पटक यस्तो निर्णय गरिएको बताउनुभयो । साथै बैठकले जाजरकोट भूकम्पबाट प्रभावित परिवारलाई दोस्रो र तेस्रो किस्ताबापतको राहत रकम उपलब्ध गराउनेसमेत निर्णय गरेको छ ।

यस्तै २०८२ असार मसान्तसम्म नेपाललाई सडक बालबालिकामुक्त बनाउने गरी काम गर्ने निर्णय पनि भएको छ । प्रधानमन्त्री कार्यालयका निमित्त मुख्यसचिव लीलादेवी गड्तौलालाई कायममुकायम मुख्यसचिवको जिम्मेवारी दिने निर्णय पनि गरिएको सरकारका प्रवक्ता गुरुङले जानकारी दिनुभयो ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर