वृद्धभत्ता पाउने न्यूनतम उमेर ७० वर्ष पु¥याउने र राष्ट्रिय परिचय पत्र अनिवार्य गरिने
जेठ–९, काठमाडौ ।
सरकारले वृद्धभत्ता पाउने न्यूनतम उमेर बढाउने कार्ययोजनालाई स्वीकृत गरेको छ । पूर्व सचिव रामेश्वर खनाल नेतृत्वको उच्चस्तरीय आर्थिक सुधार आयोगको प्रतिवेदनअनुसार वृद्धभत्ता पाउने उमेर ७० वर्ष पु¥याउने र भत्ता पाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने कार्ययोजनालाई अघिल्लो महिना वैशाख पहिलो हप्ता बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो ।
त्यसअनुसार वृद्धभत्ता पाउने उमेर ७० वर्ष कायम गर्ने कार्ययोजनामा उल्लेख छ । यसअघि वृद्धभत्ता पाउने उमेरलाई ६८ वर्षमा झारिएको थियो ।
त्यसअनुसार सरकारले अहिले ६८ वर्ष उमेर पुगेका सबै ज्येष्ठ नागरिकलाई मासिक चार हजार रूपैयाँ भत्ता उपलब्ध गराउँदै आएको छ । यस्तै कार्ययोजनामा योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा फराकिलो बनाइने उल्लेख छ ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment