pokhara news

शिक्षक संगठनको तेस्रो अधिवेशन, अध्यक्षमा पुनः अर्याल

वैशाख ३०, वालिङ ।
नेपाल राष्ट्रिय शिक्षक संगठन वालिङले तेस्रो नगर अधिवेशन सम्पन्न गरेको छ । तेस्रो अधिवेशनले पुनः चिरञ्जीवि अर्यालको अध्यक्षतामा आगामी तीनवर्षे कार्यकालका लागि नयाँ कमिटी सर्वसम्मत चयन गरेको छ ।
वालिङ ८ स्थित कुँवर समाज भवनमा सम्पन्न अधिवेशनले अर्यालको अध्यक्षतामा नयाँ कमिटी सर्वसम्मत चयन गरेको हो । यसैगरी उपाध्यक्षमा रमेश भण्डारी र महिला उपाध्यक्षमा केशरा भण्डारी चयन भएका छन् । अन्य पदाधिकारीहरुमा सचिव रुक्मागत खनाल, कोषाध्यक्ष सुमन पौडेल, सहसचिव उमाकला अधिकारी र सह कोषाध्यक्षमा शुष्मा आचार्य रहनुभएको छ । अरु १२ जना सदस्यसहित अधिवेशनले १९ सदस्यीय कमिटी गठन गरेको छ ।
नवनिर्वाचित नगर कमिटीलाई बधाई एवम् कार्य सफलताको शुभकामना दिंदै नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष यामबहादुर कुँवरले तेस्रो नगर अधिवेशनबाट वालिङ नगरमा शिक्षक सङ्गठनको जुझारु कमिटी निर्माण भएको बताउनुभयो । शिक्षकहरुको पेशागत हकहीतकासाथै शैक्षिक उन्नयनमा शसक्त भूमिका खेल्न सक्ने नेतृत्व सर्वसम्मतले चयन  भएको सङ्गठनको गण्डकी प्रदेश इन्चार्जसमेत रहनुभएका केन्द्रीय उपाध्यक्ष कुँवरले व्यक्त गर्नुभयो । साथै उहाँले नवनिर्मित सङ्गठनले सहकर्मी साथीहरुलाई समेटेर अगाडि बढ्न सुझाव दिँदै नवनिर्वाचित नगर कमिटीलाई बधाई ज्ञापन गर्नुभयो ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर