संविधान दिवसका अवसरमा फलफूल वितरण र रक्तदान
असोज २, स्याङजा ।
स्याङ्जामा संविधान दिवसको अवसरमा रक्तदानकोसाथमा फलपूmल वितरण गरिएको छ । संविधान दिवस मनाउने विविध कार्यक्रम अनुसार आज रक्तदान एवम् फलपूmल वितरण गरिएको हो ।
जिल्ला समन्वय समिति स्याङ्जा, पुतलीबजार नगरपालिका र जिल्ला प्रशासन कार्यालयसहित सामाजिक संघसंस्थाको संयुक्त आयोजनामा जिल्ला कारागारामा रहेका कैदीबन्दीलाई फलफुल वितरण गरिएको छ । फलफुल वितरण पछि जिल्ला प्रहरी कार्यालयमा रक्तदान कार्यक्रम गरिएको जिल्ला रेडक्रस स्याङ्जाका सभापति दिनेश अर्यालले जानकारी दिनुभयो । सभापति अर्यालका अनुसार कारागारमा रहेका कैदीबन्दीहरु मध्ये १४ जना र ६ जना सरकारी कर्मचारीले रक्तदानमा सहभागी भएका थिए ।
पुतलीबजार नगरपालिकाका नगर प्रमुख तुलसीराम रेग्मी, उपप्रमुख देवी अर्याल र प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले रक्तब्याग हस्तान्तरण गरेर रक्तदानको उद्घाटन गरिएको हो । कार्यक्रममा २० युनिट रगत संकलन गरिएको छ । जनताले लडेर ल्याएको संविधानले हरेक नेपालीलाई अधिकार प्रदान गरेको पुतलीबजार नगर प्रमुख तुलसीराम रेग्मीले बताउनुभयो । ३ दिनसम्म हसोल्लाससहित संविधान दिवस मनाउने नगर प्रमुख रेग्मीले जानकारी गराउनुभयो । रक्तदान कार्यक्रम र कारागारका कैदीबन्दीलाई फलपूmल पुतलीबजार नगरपालिकाको आर्थिक सहयोगमा गरिएको हो ।
संविधान दिवसका अवसरमा रक्तदान, फरक क्षमताका बालबालिकालाई सहयोगी सामाग्री बितरण,वृक्षारोपण, जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण, रेडियो परिसम्वाद, सरसफाईलगाएत तीनदिने कार्यक्रम गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी नेपालका अनुसार भोलि ३ गते बिहान प्रभातफेरि सहितको कार्यक्रम गरिने भएको छ भने ३ दिनसम्म घरघरमा, सवारी साधन र कार्यालयहरुमा राष्ट्रिय झण्डा राख्ने र साँझ दिप प्रज्वलन गरी मनाउने जिल्लामा बसेको बैठकले निर्णय गरेको छ ।
असोज २, ३ र ४ गतेसम्म संविधान दिवस मनाउन जिल्ला समन्वय समिति स्याङ्जाले अनुरोध समेत गरेको छ ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment