pokhara news

सङ्गीतकर्मी संघद्वारा सामुहिक टीका लगाउने एवम् शुभकामना आदान प्रदान

कात्तिक १, पोखरा ।
राष्ट्रिय संगीतकर्मी संघ गण्डकी प्रदेशले सामुहिक टीका लगाउने तथा शुभकामना आदान प्रदान गरेको छ । संघले आज कोजाग्रत पूर्णिमाका दिन पोखरामा सामुहिक टीका लगाउने तथा शुभकामना आदान प्रदान गरेको हो ।
संघका अध्यक्ष रामचन्द्र ढकालले संस्थामा सकारात्मक सन्देश र असल संस्कारको विकास गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । अध्यक्ष ढकालले बिजया दशमी २०८१ को उत्तरार्धमा आज पूर्णिमा दिन सामुहिक टिका लगाउने एवम् शुभकामना आदान प्रदान गर्ने नयाँ तरिका अपनाइएको र यसले कार्यक्रमको उद्देश्य अनुरुप एक आपसमा संस्थागत आत्मियता बढाउने विश्वास व्यक्त गर्नुभयो । 
कार्यक्रममा वरिष्ठ संस्कृतिकर्मी गुरुङ चलचित्रका महानायक तारा बहादुर गुरुङले संस्थाको यो अभ्यासले अरुलाईसमेत नयाँ सन्देश दिने विश्वास व्यक्त गर्नुभयो । संस्थाका केन्द्रीय सदस्य शंकर ढकाल, ऋषिराम दहाल र सल्लाहकार छवि सुबेदीको विशेष उपस्थिति रहेको थियो । योसँगै संस्थाका पदाधिकारीसहित कार्य समितिका सदस्यहरुको सहभागितामा गरिएको हो ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर