सय दिनमा लक्ष्यको ७० प्रतिशत प्रगति भएको प्रधानमन्त्री ओलीको दाबी
कात्तिक—७, काठमाडौ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सय दिनमा गर्ने लक्ष्य लिएको कामहरूमध्ये ७० प्रतिशत काम गरेको दाबी गर्नुभएको छ । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारबाट सम्बोधन गर्दै उहाँले सरकारको सय दिनको उपलब्धी सार्वजनिक गर्दै उहाँले ७० प्रतिशत प्रगति भएको दाबी गर्नुभएको हो । उहाँले सरकार बनेकै दिनदेखि विरोध सुरू भएको पनि बताउनुभयो ।
अहिले साम्प्रदायिक विद्वेष, घृणा र परस्पर बेमेलको वातावरण पैदा गरेर नेपालको राष्ट्रिय एकतालाई बिथोल्ने र प्रतिगमनतर्फ लैजाने प्रयास पनि भइरहेको पनि प्रधानमन्त्री ओलीले बताउनुभयो । तर नेपाल र नेपालीलाई प्रतिगमन कुनै हालतमा स्वीकार्य नभएको उहाँको भनाइ छ ।
सरकार अहिले ढल्छ, भरे ढल्छ, भोलि बिहानै ढल्छ भन्ने जस्ता अफवाह पनि फैलाउने गरिएको भन्दै उहाँले यो काम गर्न नदिने उद्देश्यले चलाइएको हल्ला भएको दाबी गर्नुभयो । उहाँले सरकार ढल्छ भन्ने आशा नगर्न विपक्षीलाई अनुरोध गर्नुभयो । उहाँले जुनसुकै कालखण्डको भए पनि भ्रष्टचारीमाथी कारबाही हुने बताउनुभयो ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment