pokhara news

सरस्वती माविले स्वर्ण महोत्सव मनाउने

पुस—१४, वालिङ ।
स्याङ्जाको वालिङ १३ मा रहेको सरस्वती माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउने भएको छ । आगामी चैत्र २१, २२ र २३ गते गरी तीनदिनसम्म वालिङ १३ उदियाचौरमा रहेको सरस्वती माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउने भएको हो । 
आवासीयरुपमा सञ्चालन गर्ने उद्देश्यले स्वर्ण महोत्सव मनाउन लागिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् १३ नम्वर वडा अध्यक्ष नमलाल डुम्रेले जानकारी गराउनुभयो । विद्यालय व्यवस्थापन समिति, अभिभावक, समाजसेवीलगायत सरोकारवालाहरुको भेलाले आवासीयरुपमा सञ्चालन गर्ने उद्देश्यले स्वर्ण महोत्सव मनाउने निर्णय गरिएको अध्यक्ष डुम्रेले बताउनुभयो । 
भेलाले स्वर्ण महोत्सव तयारीका लागि मूल आयोजक समितिसमेत गठन गरेको छ । अध्यक्ष डुम्रेको संयोजकत्वमा ५ सय १ सदस्यीय मूल आयोजक समिति गठन गरिएको विद्यालयका प्रधानाध्यापक यामबहादुर कुँवरले जानकारी गराउनुभयो । यसकासाथै ९ वटा विभिन्न उपसमितिसमेत गठन गरिएको छ ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर