सहकारीले ऋणिको घरघरमा भजनकिर्तन गर्ने
फागुन २०, वालिङ ।
देशभरका सहकारीहरु वित्तीय विवाद र समस्यामा परिरहेका बेला स्याङ्जा वालिङको एक सहकारीले कर्जा अशुलीका लागि दवावस्वरुप भजनकिर्तन गर्ने भएको छ । वालिङ ८ स्थित ‘वालिङ बचत तथा ऋण सहकारी संस्था’ ले ऋणिहरुको घर घरमा पुगी भजन किर्तन गर्ने भएको हो ।
संस्थाको २३औँ साधारण सभाले यो निर्णय गरिसकेको थियो । यो निर्णय कार्यान्वयनका लागि गत माघ १५ गते जिल्ला प्रशासन कार्यालयलाई अनुमतिका लागि अनुरोधहित पत्र समेत दर्ता गरेको सहकारीले जानकारी गराएको छ । सोमबार पुनः सो अनुसारको अनुरोध पत्र वडा प्रहरी कार्यालय वालिङ र नगरपालिका कार्यालयलाई बुझाईएको संस्थाका अध्यक्ष खगेन्द्रप्रसाद अर्यालले बताउनुभयो ।
संस्थाबाट विभिन्न शीर्षकमा कर्जा लिएर किस्ता, साँवा र व्याज नतिर्ने ऋणिको घर आँगनमा गई संस्थाका सञ्चालक र सेयर सदस्यहरुबाट भजन किर्तन गर्ने, सत्संग गर्ने, जीउने कला सम्बन्धी प्रवचन गर्ने जस्ता मानव जीवन उपयोगी कार्यक्रम गर्ने भएको हो ।
२०५८ सालमा स्थापित संस्थामा हालसम्म ८ सय ९५ जना शेयर सदस्य रहेका छन् भने १४ करोड कर्जा प्रवाह गरिएको संस्थाले जनाएको छ । आँफूले गरेका कर्म तर्फ ध्यान नदिने र विषय परिस्थिति भन्दै समयलाई दोषी देखाउँने प्रवृत्तिको विकास हुँदै जाँदा संस्थालाई मात्रै नभई देश नै संकटमा पर्दै गएको परिस्थितिलाई रुपान्तरण गर्न यो अभियानलाई अनुमति दिई सहयोग गर्न अनुरोध गरिएको छ ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।


Leave A Comment