pokhara news

सहकारी पीडितले वालिङ नगरपालिकामा निवेदन दिए

असोज २९, वालिङ ।
स्याङ्जाको वालिङ नगरपालिकामा सहकारी पीडितहरुले निवेदन हालेका छन् । वालिङमा रहेको गतिशील महिला बहुउद्देश्यीय सहकारी संस्थाका बचत कर्ताहरुले आफ्नो पैसा फिर्ता नपाएकाले न्याय पाउँ भनी नगरपालिकामा आज मङ्गलबार निवेदन हालेका हुन । 
हामी तपसिलमा उल्लेखित व्यक्तिहरुले दैनिक तथा मासिकरुपमा रकम बचत गरेका थियौं । आफ्नो घर व्यवहार दैनिकी चलाउँला भनी जम्मा गरेको रकम निकासी गर्न भनी जाँदा अनेक किसिमका बहाना बनाई रकम उपलव्ध नगराएको निवेदनमा भनिएको छ । पटक पटक माग्न जाँदा पनि न्यायोचित उत्तर नपाएपछि नगरपालिका समक्ष उचित न्यायका लागि पेश गरिएको निवेदनमा उल्लेखि गरिएको छ । रकम जम्मा गर्ने भीरकोट २ दहथुमका कविता अधिकारीका बुवा चन्द्र बहादुरसहितको समूहले नगरपालिकामा निवेदन हालेका हुन् । अधिकारीले विगत ३ वर्ष पहिला जम्मा गरेको १९ लाख २६ हजार फिर्ता पाउनुपर्नेसमेत निवेदनमा उल्लेख गरिएको छ । अधिकारीसमेत भीरकोटका १५ जनाको हस्ताक्षरसहित आफूले पाउनुपर्ने रकम उल्लेख गरी निवेदन हालिएको छ ।
पीडितहरुको तर्फबाट पुष्पकमल रेग्मी, लोकनाथ ( हरिप्रसाद ) बगाले, भीरकोटका विश्वचक्र त्रिपाठीसहितको टोलीले नगरपालिकामा उपस्थित भई निवेदन हालेका हुन् । निवेदन दिदै त्रिपाठीले भीरकोटमा सयौंको संख्यामा पीडितहरु भएका र क्रमशः उनिहरु पनि उजुरीका लागि आउने जानकारी दिनुभयो । 
गतिशील बहुउद्देश्यीय सहकारीका पीडितहरुले दशैंको मुखमा आफ्नो बचत फिर्ताको माग गर्दै सयौंको संख्यामा कार्यालयमा उपस्थित भई आन्दोलन गरेका थिए ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर