pokhara news

साना किसान कृषि सहकारी संस्थाको छैटौं स्थापना दिवस

चैत २८, वालिङ ।
स्याङ्जाको वालिङमा रहेको साना किसान कृषि सहकारी संस्थाले छैटौं स्थापना दिवस मनाएको छ । वालिङ ९ मा रहेको वालिङ साना किसान कृषि सहकारी संस्था लि.ले आज विहिबार छैटौं स्थापना दिवस मनाएको हो ।
कर्यक्रमको उद्घाटन गर्दै वालिङ नगर प्रमुख केष्ण खाँडले समाजमा महिलाहरुको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । पुरुषको तुलनामा महिलाहरु जिम्मेवार, सहनशील र इमान्दारितामा अगाडि रहेको नगर प्रमुख खाँडले व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “ आर्थिक, सामाजिक र राजनीतिक हरेक क्षेत्रमा महिलाहरुको भूमिका ठूलो र अत्यन्त महत्वपूर्ण रहेको छ । जति जिम्मा महिलाहरुले पाउँछन् ती सबैमा निष्ठावान, समर्पण र पारिवारिक भावना भएको पाइन्छ । कमिकमजोरी हरेक व्यक्तिमा हुन्छ, तर पुरुषको तुलनामा महिलाहरुको इमान्दारिता र सहनशीलतामा अगाडि रहेको हामीले प्रत्यक्ष अनुभव गरेका छौं ।”
वालिङ साना किसान सहकारी पनि महिलाकै अगुवाइमा रहेको र अधिकांश महिलाहरु नै सहभागी भएको सहकारी हो । त्यसैले सहकारीहरुमा पछिल्लो समयमा आएको विकृतिबाट सुरक्षित रहनुमा नेतृत्व वा अगुवाई र सहभागिता भएको नगर प्रमुख खाँडले उल्लेख गर्नुभयो । उहाँले नगरपालिकाको साथ र सहयोग लिएर यहाँहरुले यो सहकारीमा गर्नुपर्ने के हो, त्यस सम्बन्धी ल्याएका कार्यक्रमहरुलाई सम्वोधन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा सहकारीका अध्यक्ष सीता पाण्डे डुम्रेले संस्थाकाबारेमा जानकारी गराउनुभएको थियो । संस्थाले स्थापनाकालदेखि नै किसानमुखी कार्यक्रम गर्दै आएको र करिव ७ करोडको कारोबार गरिसकेको अध्यक्ष डुम्रेले बताउनुभयो । यसकासाथै  संस्थाले किसानहरुको हकहित र महिलाहरुको क्षमता विकासको काम गर्दै आएको छ । पछिल्लो समयमा सहकारीहरुमा आएको वित्तीय समस्या वालिङ साना किसानमा नरहेको र भोलिका दिनमा त्यस्तो समस्या नआउनेमा आँफूहरु विश्वस्त रहेको उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रममा डा. तुलसी प्रभासले सकारात्मक सोंच तथा महिला शसक्तिकरण सम्बन्धी सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा २ सय भन्दा बढिको सहभागिता रहेको थियो ।
वालिङ ९, ११ र १४ गरी तीनवटा वडालाई कार्यक्षेत्र बनाएको वालिङ साना किसान सहकारीमा १ हजार २ सय शेयर सदस्य रहेका छन् ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर