साफ यू–२० च्याम्पियनशिप ः भुटानलाई पेनाल्टी शुटआउटमा हराउँदै नेपाल फाइनलमा भदौ–९,काठमाडौ ।
भदौ–९,काठमाडौ ।
भुटानलाई पेनाल्टी शुटआउटमा हराउँदै नेपाल २० वर्षमुनिको साफ च्याम्पियनशिपको फाइनलमा पुगेको छ ।
लतिपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको पहिलो सेमिफाइनलमा नेपालले भुटानलाई पेनाल्टी शुटआउटमा ४–१ ले हरायो । निर्धारित ९० मिनेटको समयमा १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टी शुटआउटमा पुगेको हो । यसअघि खेलको ५६ औं मिनेटमा भुटानका जितसुनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर खेलको ७८ औं मिनेटमा नेपालका निराजन धामीले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
प्रतियोगिताको दोस्रो सेमिफाइनलमा भोलि भारत र बङ्गलादेश खेल्दैछन् । फाइनल खेल आउँदो बुधवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हुनेछ ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment