pokhara news

सामुदायिक वनको छैटौं अधिवेशन, अध्यक्षमा पुनः सुवेदी

वालिङ–१० माघ ।
स्याङ्जाको वालिङमा सामुदायिक वन उपभोक्ता समितिको छैटौं अधिवेशन सम्पन्न भएको छ । वालिङ नगरपालिकाको वडा नम्वर ८, स्थित घ्वाङखोलामा सामुदायिक वन उपभोक्ता समितिको छैटौं अधिवेशन आज गरिएको हो । 
अधिवेशनले पुनः कमलप्रसाद सुवेदीलाई सर्वसम्मतले अध्यक्ष चयन गरेको छ । अध्यक्ष सुवेदीसहित १९ सदस्यीय उपभोक्ता समिति आगामी ४ वर्षे कार्यकालका लागि सर्वसम्मतले चयन गरेको हो ।
घ्वाङखोलामा सामुदायिक वन उपभोक्ता समितिको उपाध्यक्षमा चेतकान्त सुवेदी रहनुभएको छ । यसैगरी सचिवमा गङ्गा अर्याल पङ्गेनी र कोषाध्यक्षमा प्रेमकला सुवेदी रहेका छन् । योसँगै अरु १५ जना सदस्यसहित छैटौं अधिवेशनले १९ सदस्यीय उपभोक्ता समिति चयन गरेको अधिवेशनका निर्वाचन समिति संयोजक दिपेन्द्र गैह्रेले जानकारी गराउनुभयो ।
सदस्यहरुमा तुलसीराम तिवारी, लेखनाथ गहतराज, मुक्तिप्रसाद बगाले, सूर्य सेन, लोकनाथ बगाले चिरञ्जीवि सुवेदी, युक्तप्रसाद तिवारी, प्रेमबहादुर कुमाल, भरत कँडेल, दिपक श्रेष्ठ, पूर्णबहादुर बिक, तिलमायाँ कुमाल, यमकला सुवेदी, कौसी कुमाल र मायाँ बिक रहेका छन् ।
यसैगरी अधिवेशनले आजै सल्लाहकार समिति, लेखा समिति र महिला उपसमिति समेत चयन गरेको छ ।
घ्वाङखोला सामुदायिक वनमा वालिङ नगरपालिकाको ८,९ र १० नम्वर वडाका ६ सय २५ जना उपभोक्ताहरु रहेका छन् ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर