सामोआका प्रधानमन्त्री र फिनल्यान्डका राष्ट्रपतिसँग प्रधानमन्त्री ओलीको भेट
असोज– ९,काठमाडौ ।
संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्यूयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली भेटवार्ता र विभिन्न कार्यक्रममा व्यस्त हुनुहुन्छ ।
गएराति सामोआका प्रधानमन्त्री फैमे नाओमी माताफा र ओलीबीच भेटवार्ता भएको छ । उहाँहरुबीच राष्ट्रसङ्घका लागि सामाओको स्थायी नियोगमा भेटवार्ता भएको हो । त्यस्तै फिनल्यान्डका राष्ट्रपति अलेक्जेण्डर स्टबसँग राष्ट्रसङ्घको मुख्यालयमा भेटवार्ता भएको छ ।
प्रधानमन्त्री ओलीले २६ सेप्टेम्बर (अमेरिकी समयअनुसार असोज १०) मा राष्ट्रसङ्घीय महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले महासभालगायतका मञ्चहरूमा नेपालको संविधान, पञ्चशीलमा आधारित विदेश नीति, नेपालको सङ्क्रमणकालीन न्याय तथा जलवायु परिवर्तन, हिमालका मुद्दालाई प्राथमिकताका साथ राख्नुहुनेछ ।
भोलि अमेरिकी राष्ट्रपति जो बाइडेनद्वारा आयोजित स्वागत समारोहमा सहभागी हुने कार्यक्रम छ । त्यसअघि प्रधानमन्त्री ओलीले अस्ति सोमवार कोलम्बिया विश्वविद्यालयमा सम्बोधन गर्नुभयो ।
त्यस्तै न्यूयोर्कमा प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच द्विपक्षीय वार्ता भएको थियो । मोदीसँगको भेटवार्ता अघि कुवेतका राजकुमार शेख सबाह अल र भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग पनि कुराकानी भएको थियो । रासस
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment