pokhara news

साहित्यीक सम्मान तथा रचनावाचन

कात्तिक २७, वालिङ ।
भेषजराज प्रतिष्ठान वालिङको व्यवस्थापन र दुर्गाखिमा फाउण्डेसनको आयोजनामा साहित्यीक सम्मान तथा रचना वाचन कार्यक्रम उत्तरबाहिनी गुरुकुल विद्यालय सभाहलमा सम्पन्न भएको छ । मङ्गलबार भेषजविन्दु पुरस्कार एवम् भेषजराज साहित्यिक सम्मान समर्पण तथा ७८ औं नियमित रचना वाचन र साहित्यिक यात्रा सम्पन्न भएको हो । एकादशीका अवसरमा प्रतिष्ठानले वालिङदेखि उत्तरबाहिनीसम्म साहित्यीक यात्रा गर्दै पाल्पाको असेर्दीस्थित कालिगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानको सभाहलमा पुगेर कार्यक्रम गरेको हो ।
 
कार्यक्रममा डा.शालिग्राम सुवेदीले साहित्य  समाजको ऐना भएको भन्दै पवित्र भूमि कालिगण्डकी तटमा आएर साहित्यीक सम्मान तथा रचनावाचन गर्नुसराहनीय रहेको बताउनुभयो । साथै डा. सुवेदीले दुई संस्थाको सहकार्यमा एकादशीका दिन यस्ता कार्यक्रम गर्नु सकारात्मक पक्ष भएको भन्दै साहित्यका माध्यमबाट समाजका विकृति र विसंगितलाई हटाउन सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा पुर्व सांसद शंकरप्रसाद पाण्डेले कालिगण्डकी उत्तरबाहिनीको प्रचारप्रसार गर्नका लागि पनि यस्ता कार्यक्रमले सहयोग गर्ने बताउनुभयो । साहित्यिक पुरस्कार प्रा.डा. कृष्णप्रसाद न्यौपानेलाई र भेषजराज साहित्य सम्मानबाट डा. तर्कना शर्मालाई सम्मान गरिएको छ ।   
कार्यक्रममा विभिन्न श्रष्टाहरुले आफ्ना रचना वाचन गरेका थिए । 
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर