सिमलताल दुर्घटना ः बस खोज्न प्रयोग गरिएको १९ किलोको चुम्बक त्रिशूलीमा हरायो
सिाउन–१३, काठमाडौ
चितवनको नारायणगढ–मुग्लिङ सडकखण्ड सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा खसेका दुईवटा बस खोज्न प्रयोग भएको एउटा १९ किलोको चुम्बक त्रिशूलीले बगाएको छ । गएको असार २८ गतेदेखि हराइरहेका दुई वटा बस र ती बसमा रहेका कतिपय यात्रुको अवस्था पत्ता लाग्न नसकेपछि भारतबाट मगाइएको दुईवटा चुम्बकको सहयोगमा हिजो पनि खोजी गरिएको थियो ।
खोजी गर्ने क्रममा १९ किलोको चुम्बक त्रिशूलीले बगाएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारका सूचना अधिकारी, प्रहरी उपरीक्षक जनक पुरीका अनुसार हिजो एउटा १९ किलो र अर्को १४ किलोको चुम्बकले खोजी गरिएको थियो ।
नेपाल–भारतका संयुक्त सुरक्षा टोलीबाट अहिले पनि खोजी कार्य निरन्तर भइरहेको छ । गएको आइतवारदेखि सशस्त्र प्रहरी बल नेपालको गोताखोरसहित छिमेकी भारतको राष्ट्रिय आपदा मोचन बल (नेसनल डिजास्टर रेस्पोन्स फोर्स) बाट आएका १२ जनाको प्राविधिक टोलीले संयुक्त रूपमा बस र यात्रुको खोजी गर्दै आएका छन् ।
वीरगञ्जबाट काठमाडौका लागि छुटेको एञ्जल डिलक्स र काठमाडौबाट गौर जाँदै गरेको गणपति डिलक्स बस असार २८ गते शुक्रवार बिहान सिमलतालमा खसेको पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता भएका हुन् । ती बसमा रहेका ६५ जनामध्ये तीनजना सकुशल निस्किएका थिए भने ६२ जना बेपत्ता भएकोमा अहिलेसम्म विभिन्न ठाउँबाट २४ जनाको शव फेला पारिएको छ । दुई बस र अरू यात्रुको अवस्था पत्ता लाग्न सकेको छैन । घटनाको १६ दिन बितिसकेको छ ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment