pokhara news

सीमित स्रोतमा काम गर्नुपर्ने बाध्यता छ ः नगरप्रमुख खांँण

भदौ ९, स्याङ्जा ।
वालिङ नगरप्रमुख कृष्ण खांँणले सीमित स्रोतमा नागरिकका असिमित काम गर्नुपर्ने जनप्रतिनिधिको बाध्यता रहेको बताउनुभएको छ ।
आईतबार वालिङ ८ खरिबोट मिर्दिदेखि विपिचोक डुम्रिबोट सडक उपभोक्ताहरुको ध्यानार्कषण पत्र बुझ्दै नगरप्रमुख खांणले सीमित स्रोतमा नागरिकका असिमित काम गर्नुपर्ने जनप्रतिनिधिको बाध्यता रहेको बताउनुभएको हो ।
निर्वाचित जनप्रतिनिधिले नाागरिकको हरेक कामहरु पूरा गरेर प्रशंसित हुने चाहना सबैको हुन्छ । तर बाध्यता बस स्थानीय तहमा सीमित बजेट हुँदा जनअपेक्षा अनुसार काम गर्न नसएिको उहाँले व्यक्त गर्नुभयो ।
जनदबाबले जनप्रतिनिधिहरुलाई अझ जिम्मेवार र कर्तव्यबोध बनाएको भन्दै भीमटारी, मिर्दी सडक कार्यपालिकाको पहिलो प्राथमिकतामा रहेको नगर प्रमुख खाँणले बताउनुभयो । जहाँसम्म बजेट लुकाईएको भन्ने गलत अफवाह फैलाइएको र यसका लागि नगरपालिकामा आएर लेखा शाखामासमेत बजेटको बारेमा बुझ्न सकिने भन्दै उहाँले नगरका हरेक गतिविधि थाह पाउने नागरिकमा सूचनाको हक भएकाले यसमा भ्रमित नहुँन आग्रह गर्नुभयो ।
जनप्रतिनिधिले नसक्ने कामलाई गर्छु भन्ने आश्वासन दिन नहुँने भन्दै नगरप्रमुख खांणले भन्नुभयो,“जनप्रतिनिधि भईसकेपछि कुन काम गर्न सकिन्छ, त्यस्ता कामको मात्रै गर्छु भनेर आश्वासन दिनुपर्छ र काम पनि गर्नुपर्छ पनि, नगरको आफ्नो परिधि र सीमा भित्र नरहेका ठुला योजना पनि गर्छु भनेर आश्वासन दिने र बोलेको नगर्ने गर्दा झनै नागरिकहरु आक्रोशित हुनुपर्ने वातावरणको सिर्जना हुन सक्छ त्यसतर्फ जनप्रतिनिधि सबैले ध्यान दिनुपर्छ ।”
मिर्दीको खरिबोटदेखि, विपिचोक डुम्रीबोट सडक उपभोक्ताहरुले वडा कार्यालय र नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ । नगरको १६औँ नगरसभाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा योजना टुङ्गो लगाएर जनप्रतिनिधिबीचको आपसी किचलो तथा लडाईका कारण विकासका काम प्रभावित हुन पुगेको ध्यानकर्षण पत्रमा भनिएको छ । २ वर्षदेखि निर्माणकार्य स्थगित भएको यो सडक चालु वर्षमा पनि बजेट सुनिश्चित नभएको भन्दै ध्यानार्कषण गराइएको उपभोक्ताहरुको भनाई छ । गतवर्ष दोस्रो प्राथमिकताको पहिलो नम्बरमा रहेको र नगरबाट टेण्डरसमेत नगरिएको उक्त सडकलाई बजेट सुनिश्चिता गरी छिटो टेण्डर गर्न ध्यानकर्षण पत्रद्वारा माग गरिएको छ ।

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर