सुन्तलाको विविधताका लागि आँधीखोला वाईन उत्पादन
वालिङ,
२१ साउन ।
स्याङ्जामा सुन्तलाबाट वाईन बनाउन शुरु गरिएको छ । रसिला सुन्तलाले प्रख्यात स्याङ्जामा अब सुन्तलाबाट बनेको वाइन पनि उपभोक्ताले प्राप्त गर्नेछन् । सुन्तलाको जुस, जाम क्यान्डी खाँदै आएका उपभोक्ताले अव सुन्तलाको स्वादमा वाईन पनि खान पाउनेछन् । स्याङ्जामा सुन्तलाको वाईन सफल रुपमा परीक्षाण भएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत सुन्तला सुपरजोन स्याङ्जाको सहयोगमा जिल्लामा सुन्तलाबाट आँधीखोला वाईन उत्पादन शुरु गरिएको हो । सुन्तलाको विविधिकरणका लागि सुन्तलाको वाईन उत्पादन थालिएकोे प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाईका प्रमुख माधव लम्सालले बताउनुभयो । स्याङ्जामा सुन्तला धेरै उत्पादन हुने र सुन्तलालाई बजारीकरण र प्रशोधनमा सहयोग गर्ने उद्देश्यले सुन्तला ताजा मात्रै नभई प्रशोधन गरी उत्पादनलाई विविधता ल्याउनका लागी वाईन उत्पादन शुरु गरिएको लम्सालले बताउनुभयो ।
प्रमुख लम्सालले भन्नुभयो ‘उत्पादन बढ्दै जाँदा यसको दीर्घकालिन बजारीकरणका समस्या समाधान गर्दै स्थानीय स्रोत साधनको उपयोग गरी रोजगारी अभिवृद्धि गर्ने हाम्रो उद्देश्य हो ।’ सुन्तला र आँधीखोला स्याङ्जाको पहिचान भएकाले वाईनको नामाकरण जिल्लाकै पहिचानसंग जोडेर गरीएको र राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा यसको बजारीकरण गर्न सकियो भने जिल्लाको पहिचानलाई पनि थप टेवा पुग्ने प्रमुख लम्सालको भनाई छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन ईकाई अन्र्तगतको सुन्तला सुपरजोनमा उत्पादनसंगै प्रशोधन गर्ने उद्योगसंग जोड्ने पनि प्रावधान भएकाले उक्त प्रावधानलाई पछ्याउँदै वाइन उत्पादनको लागी आर्थिक तथा प्राविधिक सहयोग सुपरजोनले गरेको हो ।
स्याङ्जाको पुतलीबजार नगरपालिका –११ करेन्डाँडामा सुन्तला प्रशोधन घर प्रालि मार्फत यो वाईनको उत्पादन शुरु गरिएको हो । सुन्तला प्रशोधन घर प्रालिमा जिल्लाका युवाहरुको संयुक्त लगानी छ । यो वाईन अहिले सफल परिक्षण गरिएको र अबको सुन्तला पाक्ने सिजनबाट बजारमा पनि आईपुग्ने प्रमुख लम्सालले बताउनुभयो । अन्तशुल्कबाट स्वीकृत लिएर बजारमा विक्रिका लागी आउने भन्दै नेपालभरी र नेपाल बाहिर पनि मागको आधारमा आँधीखोला वाईन ल्याईने उहाँले बताउनुभयो ।
सुन्तला सुपरजोनका रूपमा जिल्लाको चिनारी अब्बल बनाउन र यहाँको सुन्तलाको गुणस्तरीयतालाई प्रचारप्रसार गर्न स्थानीय उत्पादनलाई प्राथमिकतामा राखी ब्रान्डिङ गर्ने उद्देश्यले सुन्तलाको वाईन बनाउन थालिएको हो । विगत ३ वर्षदेखि नै सुन्तलाबाट बनेका उत्पादनहरु ल्याउने उद्देश्यले अगाडि बढेको भन्दै यो अवधिमा सुन्तला सुपरजोनले ४० लाख लगानी गरिसकेको र अन्य प्रालिका संचालकहरुले समेत लगानी गरेको प्रमुख लम्सालले बताउनुभयो । उक्त वाईनमा ११ प्रतिशत अल्कोहलको मात्रा हुनेछ भने सुन्तलाको स्वाद हुनेछ ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment