pokhara news

सुन तथा नगद चोरीसम्बन्धी झुट्टा निवेदन दिने पक्राउ

साउन १८, वालिङ ।
स्याङ्जामा सुन तथा नगद चोरी भएको भनी झुट्टा निवेदन दिने २ जना पक्राउ गरिएको छ । 
आँधिखोला गाउँपालिका वडा नम्वर १ स्थित आफ्नै घरबाट साढे सात तोला सुन र नगद रु.४ हजार चोरी भएको भनी झुट्टा निवेदन दिने २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
पक्राउ पर्नेहरुमा आँधिखोला गाउँपालिकाका हिलेका ४१ वर्षीय चन्द्रकुमारी गुरुङ र सोही ठाउँका ३८ वर्षीय धनराज गुरुङ रहेका छन् । प्रहरीले जानकारी दिए अनुसार यही साउन १२ गते बेलुकी उल्लेखित सुन र नगद चोरी भएको भनी प्रहरीमा निवेदन दिएका थिए । खोजी कार्य र अनुसन्धान गर्दैजाँदा निवेदन दिने दुबैजनाको मिलेमतोमा चोरी भएको भनी निवेदनमा उल्लेख गरिएका सुन तथा नगद लुकाई छिपाई राखेको अवस्थामा बरामद गरिएको हो । 
झुट्टा निवेदन दिने दुबैजनालाई १७ गते शनिबार पक्राउ गरी आवश्यक कानूनी प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर