pokhara news

स्नातक तहका २६ विद्यार्थीलाई एकलाख १२ हजार छात्रवृत्ति

भदौ २८, वालिङ ।
वालिङ बहुमुखी क्याम्पसले स्नातक तह तेस्रो वर्षमा अध्ययनरत २६ विद्यार्थीलाई शुक्रबार छात्रवृत्ति वितरण गरेको छ । स्याङ्जाको वालिङमा २०३७ सालमा स्थापना भएको नेपालकै जेठो सामुदायिक क्याम्पस मध्येको वालिङ बहुमुखी क्याम्पसले स्नातक तह तेस्रो वर्ष २०७७ समूहका विद्यार्थीलाई एक लाख १२ हजार ८ सय छात्रवृत्ति स्वरुप उपलब्ध गराएको हो ।
छात्रवृत्ति वितरण कार्यक्रममा बोल्दै क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष केदार काफ्लेले सबैले थाहा पाउने गरी निष्पक्ष ढंगले विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको बताउनुभयो । उहाँले निश्चित प्रक्रिया पूरा गरी आएका विद्यार्थीलाई पारदर्शी ढंगले छात्रवृत्ति वितरण गरिएको बताउँदै यसले विद्यार्थीलाई केही हदसम्म भएपनि राहत मिल्ने विश्वास ब्यक्त गर्नुभयो ।
कार्यक्रममा छात्रवृत्ति वितरण उपसमितिका संयोजक नेत्रप्रसाद पाण्डेले क्याम्पसको विधान अनुसार तहगतरुपमा भर्ना, मासिक शुल्क लगायतका शुल्कबाट सङ्कलन भएको रकमको ५ प्रतिशत हुन आउने रकम छात्रवृत्ति स्वरुप विद्यार्थीलाई उपलब्ध गराएको बताउनुभयो 
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर