स्याङजाका स्थानीय तहले साटासाट गरे असल अभ्यास
स्याङजा जिल्लाको स्थानीय तहहरुले आफ्नो पालिकामा भएको असल अभ्यास आदान प्रदान गरेका छन् ।
वालिङ नगरपालिकाको आयोजना तथा स्थानीय सरकार सवलीकरण कार्यक्रम अन्तर्गत अष्ट्रेलियन एड र एशिया फाउण्डेशनकोको सहकार्यमा सिकाइ आदान
प्रदान गरिएको हो ।
कार्यक्रममा स्याङजाका विभिन्न पालिकाले आ–आफ्ना तहमा भएका सफल कार्यक्रम, अभ्यास र नीतिहरू प्रस्तुत गर्दै अन्य पालिकालाई पनि अनुकरणीय बन्न सक्ने खालका सन्देशहरू आदान–प्रदान गरेका थिए ।
वालिङ नगरपालिकाको स्वास्थ्य सेवा, भिरकोट नगरपालिकाको सरसफाई केन्द« ,पुतलीबजार नगरपालिकाको उपमेयरसँग सत्केरी आमा , गल्याङ नगरपालिकाको कृषकसँग कृषि प्राविधिक कार्यक्रम नमुना अभ्यासको रुपमा प्रस्तुत गरिएको थियो ।
यस्तै अर्जुनचौपारी गाउँपालिकाको आमासमुह मोडेल र हरिनास गाउँपालिकाको पूर्वाधार विकास कार्यक्रमलाई असल अभ्यासको रुपमा प्रस्तुत गरिएको थियो ।
वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले स्थानीय तहहरुको साझा मुद्धा सहित अन्तरपालिका स्तरीय कार्यक्रम संचालन गर्न पालिका प्रमुखहरुको फोरम तयार गरिने बताउनुभयो ।
सहभागी जनप्रतिनिधिहरूले ‘एक पालिका, एक उत्पादन’ नीतिलाई प्राथमिकतामा राख्दै त्यसअनुसार योजना निर्माण र बजेट विनियोजन गर्नुपर्ने धारणा राखे ।
त्यस्तै, प्रदेश सरकारबाट सञ्चालनमा आएका योजनाहरूमा समेत स्थानीय तहलाई अनुगमन र सहभागिता सुनिश्चित गरिनुपर्ने माग जनप्रतिनिधिहरूले राखेका छन् ।
’प्रदेश सरकारको योजना स्थानीय स्तरमा कसरी कार्यान्वयन भइरहेको छ भन्ने हाम्रै पहुँचमा हुनु आवश्यक छ’, वालिङ नगरपालिकाको उपप्रमुख कविता तिवारी(गैरे) भन्नुहुन्छ , ‘योजनाको अन्तिममा सिफारिस लिन आउँदा मात्र हाम्रै पालिकाभित्र भएको कार्यक्रम थहा हुनु समस्याको विषय हो । ’
कार्यक्रममा बोल्दै गण्डकी प्रदेश नीति तथा योजना आयोगका सदस्य दुर्गा लामिछानेले स्थानीय स्तरमा योजना वैंकको अवधारणा प्रदेश सरकारले अघि सारेको तर टुक्रे बजेटको प्रभावमा यसको कार्यान्वयन हुन नसकेको धारणा व्यक्त गर्नुभयो ।
सोही कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष श्री प्रसाद जिटी , उपाध्यक्ष खडग राज सुवेदी ,पुतलीबजार नगरपालिकाका उपमेयर देवि अर्याल ,अजुैनचौपारी गाउँपालिकाका उपाध्यक्ष सपना गुरुङ लगाएतले यस्ता कार्यक्रम निरन्तर रुपमा संचालन गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।


Leave A Comment