pokhara news

स्याङजामा शंकास्पद बस्तु भेटियो

माघ १०, वालिङ ।
स्याङ्जामा शङ्कास्पद वस्तु भेटिएको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका १४ को लामागेस्थित खेतमा शङ्कास्पद वस्तु भेटिएको हो । जेसिवी मेशिन लगाएर खेत सम्याउने क्रममा उक्त वस्तु भेटिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ ।
प्रहरीका अनुसार यही माघ ९ गते सवा दश बजेको समयमा खेत सम्याउँदै गर्दा खेतको सतहदेखि करिव १ हात तल तार जडित बोतलजस्तो वस्तु देखिएको हो । भेटिएको वस्तु बम हुन सक्ने जिल्ला प्रहरी कार्यालयबाट प्रहरी अधिकृत सहितको टोली र  श्री सिंह सारदुल गुल्म आँधिखोला ब्यारेक स्याङ्जाबाट नेपाली सेनाको टोलीको अनुमान छ । उक्त वस्तु टुईचमोटरको गोली जस्तो देखिने भएकाले पोखरा पृतनाबाट बम डिस्पोज टोली (नेपाली सेना) को टोली आउँने र थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर