स्याङ्जाका नव आगन्तुक प्रमुख जिल्ला अधिकारी र पत्रकारहरुबीच परिचय एवम् शुभकामना आदान प्रदान
चैत ३१, वालिङ ।
स्याङ्जामा नवआगन्तुक प्रमुख जिल्ला अधिकारी र पत्रकारहरुबीच परिचय एवम् शुभकामना आदान प्रदान गरिएको छ । जिल्लामा क्रियाशील पत्रकारहरु र नवआगन्तुक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालबीच आज जिल्ला प्रशासन कार्यालयमा परिचयात्मक कार्यक्रम तथा शुभकामना आदान प्रदान गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयको आयोजनामा नयाँ वर्ष २०८२ को उत्तरार्धमा जिल्लामा पाल्नुभएका प्रमुख जिल्ला अधिकारी अर्याल बीच एक आपसमा परिचयसँगै शुभकामना आदान प्रदान गरिएको हो ।
कार्यक्रममा पत्रकार महासँघ गण्डकी प्रदेश सदस्य श्रीकृष्ण सिग्देल र महासँघ स्याङ्जाका अध्यक्ष प्रदिप कोईरालाले जिल्लाको समग्र वस्तुस्थितिका बारेमा जानकारी गराएका थिए । यसका साथै सहभागीहरुले जिल्लामा विशेषगरी आँधिखोला दोहन भैरहेको र आगलागी भएको खण्डमा समयमा दमकल भएर पनि तत्काल हुनुपर्ने सेवा कमजोर रहेको जानकारी गराएका थिए । यस सन्दर्भमा प्रशासनले के कस्तो भूमिका खेल्नसक्छ भनी सहभागीहरुले जिज्ञासा राखेका थिए ।
नव आगन्तुक प्रमुख जिल्ला अधिकारी अर्यालले स्याङ्जाको शान्ति सुरक्षा र सुशासनका लागि सबैको साथ, सहयोग र सल्लाह अनुसार काम गर्ने धारणा राख्नुभयो । सबैभन्दा पहिला हामी सकारात्मक हुनुपर्छ । सकारात्मक हुनु भनेको हामी आधा सफल हुनु हो भने काम गरेर थप बाँकि सफलता प्राप्त गर्न सकिने उहाँको भनाई थियो । उहाँले सञ्चारकर्मी र जिल्ला प्रशासन कार्यालयबीच सुमधुर सम्बन्ध कायम गर्दै सम्वद्ध पक्षसँगको सहकार्य गरेर अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
नवआगन्तुक प्रजिअ अर्याल यही चैत २७ गते हाँजिर हुनुभएको हो । अख्तियारबाट गृहमन्त्रालयमा र त्यसपछि स्याङ्जा आउनुभएका अर्यालको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पहिलो अनुभव हो ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।


Leave A Comment