स्याङ्जाका पालिकाहरुमा छातीरोग सम्बन्धी खोजपडताल
पुस २९, स्याङ्जा
क्षयरोग उपचार केन्द्र पोखराले स्याङ्जाका विभिन्न पालिकाहरुमा छातीरोग सम्बन्धी खोज पडताल कार्यक्रम सञ्चालन गर्दै आएको छ । केन्द्रले जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जा र सम्बन्धित पालिकाको समन्वयमा एक्सरेद्वारा छातीरोग सम्बन्धी खोजपडताल गर्दै आएको हो । यसैबीच आज सोमबार बिरुवा गाउँपालिकामा एकदिने शिविर सम्पन्न गरेको छ ।
एकदिने शिविरमा क्षयरोग उपचार केन्द्र पोखराका निर्देशक डाक्टर सुनिलराज गौतमले मुलतः समुदायमा लुकेर रहेका र छातीरोग त्यसमा पनि क्षयरोग छ कि छैन भन्ने खोजपडताल गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको बताउनुभयो । शहरी क्षेत्र भन्दा पनि गाउँहरुमा परीक्षण सेवा लिन कुर्नुपर्ने वा गाह्रो हुने ठाउँहरुमा केन्द्रिकृत रहेर कार्यक्रम लिएर आइरहेको डाक्टर गौतमले जानकारी गराउनुभयो । विशेषगरी लिएर हिड्न मिल्ने अत्याधुनिक मिशिनबाट छातीको एक्सरे गरिने छ । परीक्षणमा क्षयरोग स्पष्ट देखिएकाहरुलाई औषधी सुरु गराइने छ । यसका साथै सम्भावितहरुको हकमा सेम्पल जम्मा गरेर पोखरा लैजाने र क्षयरोग पुष्टी भएमा आवश्यक सल्लाहसहित औषधी खान सुरु गराइने डाक्टर गौतमले बताउनुभयो ।
कार्यक्रमको शुभारम्भ गर्दै गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरले हामीलाई छातीरोग लागेको छ कि छैन भनेर पत्ता लगाउने शिविर भएको बताउनुभयो । छातीसम्बन्धी समस्याका लागि हामी पोखरालगायत टाढा जानुपर्ने अवश्था छ, त्यसैले यो अवसरबाट बन्चित नहुन गाउँबासीहरुलाई अध्यक्ष कुँवरले आग्रह गर्नुभयो । सहजिकरणमा सहयोग गर्ने जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जा एवम् स्थानीय स्वास्थ्यकर्मीहरुलाई उहाँले धन्यवाद व्यक्त गर्नुभयो ।
बिरुवामा आज भएको एकदिने शिविरमा २ सय ८५ जनाको परीक्षण भएकोमा १ जना पुरुषमा मात्र क्षयरोग देखिएको छ । क्षयरोग देखिएका पुरुषलाई आजैदेखि औषधी खान सुरु गराइएको छ ।
केन्द्रले हिजो आइतबार अर्जुनचौपारी गाउँपालिकामा शिविर सञ्चालन गरेको थियो । अर्जुनचौपारीमा जम्मा ५ सय १० जनाको परीक्षण भएको फोकल पर्शन राजेन्द्र रानाभाटले जानकारी गराउनुभयो । यसमध्ये ६ जनामा क्षयरोग देखिएको छ भने ३७ जनाको सेम्पल गह्रौं प्राथमिक अस्पताल वालिङ पठाइएको छ । उहाँका अनुसार मङ्सिर १९ गते भीरकोट नगरपालिका र २० गते वालिङमा भैसकेको छ भने माघ ६ र ७ गते पर्वतको पैयूँ गाउँपालिका शिविर सञ्चालन गरिने छ ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।


Leave A Comment