pokhara news

स्याङ्जामा अवैध ओसार पसार नियन्त्रण तथा बरामद

वालिङ, १४ पुस ।
स्याङ्जामा भएका अवैध ओसार पसारलाई प्रहरीले नियन्त्रण तथा बरामद गरेको छ । अवैधरुपमा नदिजन्य सामान ओसार पसार तथा सूर्तीजन्य पदार्थको विभिन्न मितिमा नियन्त्रण तथा बरामद गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
यसैबीच वालिङ नगरपालिका ८ नम्वर वडाको मालपोत चोकमा बिना बिलको सूर्तीजन्य पदार्थ प्रहरीले बरामद गरेको छ । यही पुस १३ गते विहानको समयमा सुपरपावर चक्का लेखिएको ८ बोरा र केही खुल्ला सामान बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । जसमा प्रतिबोरा ५० प्याकेटमा ४ सय पोका र खुल्ला २ पोका ३६ थान बरामद गरिएको हो । बरामद गरिएको सूर्तीजन्य पदार्थको १२ लाख ९२ हजार १ सय १७ रुपैयाँ बराबरको मूल्य अन्दाज गरिएको छ । प्रदेश ३–०१०२३ च ८७५२ नम्वरको इको सुजुकि भ्यानबाट उक्त सामान बरामद गरिएको हो ।
यसैगरी पुतलीबजार नगरपालिका दुई स्थान बाट नदिजन्य सामान नियन्त्रणमा लिइएको छ । यही पुस १२ र १३ गते यी दुवै स्थानबाट नदिजन्य सामान नियन्त्रणमा लिइएको हो । ग १ त ६८६४ र ग १ त ४१४४ नम्वरको ट्रेक्टरले आँधीखोलाको गैह्री डाँडा भन्ने ठाउँमा बालुवा र बालुवा गिटी मिक्स ओसार पसार गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो । यस्तै पुतलीबजारकै १४ नम्वर वडामा पर्ने आँधीखोलाको लामागे क्षेत्रबाट यही पुस १३ गते ग १ त १७७४ नम्वरको ट्रेक्टरले बालुवा र बालुवा गिटी मिक्स ओसार पसार गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको छ । ट्रेक्टर र नदिजन्य सामान नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानुनी कार्यवाही अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर