pokhara news

स्याङ्जामा खुल्ला क्लबस्तरीय भलिबल प्रतियोगिता हुँने

वालिङ,२६ असोज–स्याङ्जाको वालिङ नगरपालिका वडा नं. ३ राम्चेमा खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ । कार्तिक शुक्ल पुर्णिमाको अवसरमा गरिने शिवजी मेला—२०८२ मा खुल्ला क्लबस्तरीय पुरुष  भलिबल प्रतियोगीता हुने भएको हो । यही कात्तिक १५ देखि २० गतेसम्म मेलाको साथमा क्लबस्तरीय पुरुष  भलिबल प्रतियोगीता गरिने स्थानीय शिवमित्र तमु युवा परिवारले जानकारी गराएको छ । 
पाँच दिनसम्म चल्ने मेलामा खुल्ला क्लबस्तरीय पुरुष  भलिबल प्रतियोगीता सञ्चालन गरिने क्लबका अध्यक्ष गोपाल गुरुङले जानकारी दिनुभएको हो ।
अध्यक्ष गुरुङका अनुसार प्रतियोगितामा विजेताले रु एक लाख, उपविजेताले ६० हजार सेमिफाइनलिस्ट टिमले नगर रु २०÷२० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यसकासाथै विभिन्न विधागत तर्फ उत्कृष्ट खेलाडीलाई नगद ट्रफी र मेडलले पुरस्कृत गरिने छ ।
कार्तिक १९ गते कार्तिक शुक्ल पुर्णिामाको दिन शिवजी मन्दिरको दर्शन सँगै स्थानीया कला सस्कृतिको प्रदर्शन र साथमा  राष्टिृय कलाकारहरुको प्रस्तुति रहने छ । 
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर