pokhara news

स्याङ्जामा खोलाले बगाउँदा वीरेन्द्रनगरका वृद्धको मृत्यु

वालिङ २१असार ।
स्याङ्जामा खोलाले बगाउँदा वीरेन्द्रनगरका वृद्धको मृत्यु भएको छ । पुतलीबजार नगरपालिका वडा नं.–१ वीरेन्द्रनगर बस्ने  ७४ वर्षीय तिलबहादुर भुजेलको मृत्यु भएको हो । वीरेन्द्रनगरमा अरगौदी खोला तर्ने क्रममा खोलाले बगाई घाईते भएका बृद्धको आफ्नै छोरा होमबहादुर भुजेलले उद्दार गर्नुभएको थियो ।
उद्धार पछि उपचारको लागि जिल्ला अस्पताल स्याङ्जा लगेकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरिक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो । घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर